काठमाडौं । आज शेयर बजार बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक १२ दशमलव ०३ अंकले बढेर २,७६१ को विन्दुमा कायम भएको छ । आज १०६ कम्पनीको शेयर मूल्य घटेको छ भने १४२ कम्पनीको शेयर मूल्य बढेको छ ।
आज दिनभरिमा ३२६ कम्पनीको १ करोड १४ लाख ४० हजार ८४४ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १० करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको २८ करोड ८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एभरेष्ट बैंकको २४ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको २१ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै हिम स्टार ऊर्जाका लगानीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ दशमलव ०७ प्रतिशतका दरले कमाएका छन् । स्ट्याण्डर्ड चार्टर्ड बैंकका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका छन् । नेपाल एसबिआई डिबेञ्चर २०८६ का यकाईधनीले ३ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । सिद्धार्थ बैंकका लगानीकर्ताले ३ दशमलव २८ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानकिर्ताले ७ दशमलव ६८ प्रतिशतका दरले गुमाएका हुन् ।

















