काठमाडौं । नेपालको बीमा क्षेत्रको सुधारका लागि काम थालनी भएको छ।
सरकारले गठन गरेको सुझाव समितिले आज एक सूचना जारी गर्दै समग्र बीमा क्षेत्रको सुधारका लागि काम अगाडि बढाइएको जानकारी गराएको हो। समितिले बीमा क्षेत्रको सुधारका लागि आवश्यक कार्य गर्न सुरुआत गरिसकेको छ।
समितिले बीमा क्षेत्रको सुधारका लागि सरोकारवालासँग रायसुझाव माग गरेको छ। यसका लागि व्यक्ति, संघ तथा संस्थाले समितिमा १५ दिनभित्र रायसुझाव पठाउन सक्नेछन्।
सुझाव [email protected] मा पठाउन सकिने व्यवस्था समितिले गरेको छ।












