IME Life New

श्रीनगर एग्रीटेकको आइपीओ आज बाँडफाँड हुँदै

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडको आइपीओ आज कात्तिक १२ गते बुधबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ्गको कार्यालयमा विहान साढे १० बजे बाँडफाँड हुने जनाइएको छ ।

अन्तिम दिनसम्म आइपीओमा १९ लाख ४२ हजार ६८२ जनाले आवेदकले २ अर्ब १७ करोड २ लाख ८ हजार रुपैयाँ बराबरको २ करोड १७ लाख २ हजार ८० कित्ताका लागि आवेदन दिएका थिए । जुन यो मागभन्दा ८।६४ गुणा बढी आवेदन हो ।

Crest

कम्पनीले गत असोज २६ गतेदेखि २९ गतेसम्म सर्वसाधारणहरुका लागि कुल २५ लाख १० हजार ४९३ कित्ता आइपीओ निष्कासन गरेको हो । मागभन्दा बढी आवेदन परेकाले कम्पनीको आइपीओ गोलाप्रथाद्वारा बाँडफाँड हुनेछ ।

मागभन्दा बढी आवेदन परेकाले कम्पनीको आइपीओ गोलाप्रथा मार्फत बाँडफाँड हुनेछ । कम्पनीको सेयर १० कित्ताका दरले बाँडफाँड गर्दा २ लाख ५१ हजार ४९ जनाले प्राप्त गर्नेछन् । जस अनुसार १६ लाख ९१ हजार भन्दा बढीको हात खाली हुने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS