IME Life New

राजनीतिक उथलपुथलका बावजुद पाँच वर्षमा ५४ प्रतिशतले बढ्यो श्रीलंकाको बीमा व्यापार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राजनीतिक उथलपुथलका बावजुद दक्षिण एशियाली मुलुक श्रीलंकाको बीमा क्षेत्रको व्यापार पछिल्लो पाँच वर्षयता ५४.६ प्रतिशतको उल्लेख्य वृद्धि हासिल गर्न सफल भएको छ।

सन् २०२२ को अगस्त र जुलाइ महिनामा भएको अप्रत्याशित राजनीतिक उथलपुथल र त्यसयता दुइ वर्षसम्म कायम रहेको वित्तीय संकटका बावजुद श्रीलंकाली सरकारले आर्थिक स्थिरता प्रदान गर्दा बीमा क्षेत्रको विकासमा उल्लेख्य वृद्धि हासिल गर्न सफल भएको हो।

Esewa
Crest

इन्स्योरेन्स एशियाका अनुसार, श्रीलंकाकी बीमा कम्पनीहरूको कुल लिखित बीमाशुल्क पाँच वर्षमा ५४.६% ले बढेर १ अर्ब १० करोड अमेरिकी डलर पुगेको छ। सन् २०२० मा यो जम्मा ७० करोड अमेरिकी डलर बराबर रहेको थियो।

सन् २०२५ मा पनि वृद्धि दर जारी छ। चालू वर्ष २०२५ को  पहिलो त्रैमासिक अवधिका लागि कुल लिखित बीमाशुल्क आम्दानी १०.६ प्रतिशतको वार्षिक दरले वृद्धि भएर ३० करोड अमेरिकी डलर बराबर पुगेको छ।

श्रीलंकाली नियामकका अनुसार, जीवन बीमा उद्योगले पनि उल्लेख्य वृद्धि दर हासिल गरेका छन् । पहिलो त्रैमासमा व्यापार २१.४ प्रतिशतले बढेर २० करोड अमेरिकी डलर बराबर पुगेको छ। निर्जीवन बीमकको वृद्धि दर ०.४ प्रतिशत रहँदा बीमाशुल्क आम्दानी १० करोड डलर छ।

पहिलो त्रैमासिक अवधिमा बीमा क्षेत्रको कुल सम्पत्ति  अघिल्लो वर्षको तुलनामा १४.२ प्रतिशतले वृद्धि भएको छ। यो मध्ये जीवन बीमकको १५.७ प्रतिशतले बढेर ३ अर्ब २० करोड र निर्जीवन बीमकको ९.६ प्रतिशत बढेर १ अर्ब अमेरिकी डलर बराबर पुगेको छ।

नेपालमा जेन जी आन्दोलनको बलमा नेपाली काँग्रेस र एमाले गठबन्धनको संयुक्त सरकारका प्रधानमन्त्री केपी शर्मा ओली पदच्यूत भए झैं श्रीलंकामा पनि भ्रष्टाचार विरोधि आन्दोलन चर्किएर प्रदर्शनकारीले राष्ट्रपति निवास कब्जा गर्न थाले पछि राष्ट्रपति गोतब्य राजापाक्षे देश छोडेर भाग्नु परेको थियो। सैनिक पृष्ठभूमीबाट अाएका राजापाक्षे सन् २०१९ देखि २०२२ जुलाइ सम्म राष्ट्रपति पदमा रहेका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS