काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेडले १६औं वार्षिक साधारणसभा आगामी भदौ १५ गते आइतबार गर्ने भएको छ । सभा काठमाडौंको इमाडोलस्थित बिनायक होटलमा आयोजना गर्ने भएको छ। कम्पनीको साउन २१ गते बसेको सञ्चालक समितिको बैठकले सभाको मिति तय गरेको हो।
कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०८१/८२ का वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्नेछ। यस्तै, २०८१/८२ को लेखापरीक्षण प्रतिवेदन पारित गर्नेछ । सभाले आगामी वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
सभाले सर्वसाधारणलाई प्राथमिक शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधनसम्बन्धी प्रस्ताव पनि सभामा पेश गरिने छ।
सभा प्रयोजनका लागि कम्पनीले भदौ ५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।

















