IME Life New

चालु आवको हालसम्म ६ बीमासहित ७ कम्पनीको पौने २ अर्बको बोनस शेयर सूचीकृत, कुन-कुनको ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउन–असोज)सम्म ६ बीमा कम्पनीसहित ७ कम्पनीको पौने २ अर्ब रुपैयाँ बढीको बोनस शेयर सूचीकृत भएका छन्।

नेपाल धितोपत्र बोर्डको स्वीकृतिमा नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ७ कम्पनीको कुल १ अर्ब ७७ करोड ४ लाख ९६ हजार ७६४ रुपैयाँबराबरको बोनस शेयर सूचीकृत भएको हो। जसअनुसार १ करोड ७७ लाख ४ हजार ९६७.६४ कित्ता शेयर सूचीकृत भएको छ।

Crest

यो ३ महिनाको अवधिमा नेपाल लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)को ५० करोड रुपैयाँ, एनएलजी इन्स्योरेन्सको ६ करोड २५ लाख ६६ हजार ५०० रुपैयाँ र युनाइटेड अजोड इन्स्योरेन्सको २१ करोड रुपैयाँबराबरको बोनस शेयर सूचीकृत भएको छ।

यसैगरी नेको इन्स्योरेन्सको १७ करोड ६० लाख ८१ हजार ५०० रुपैयाँ, हिमालयन रिइन्स्योरेन्सको ४६ करोड ८० लाख रुपैयाँ र नेसनल लाइफ इन्स्योरेन्सको २६ करोड ६ लाख ६ हजार ६५४ रुपैयाँबराबरको बोनस शेयर सूचीकृत भएको छ।

त्यस्तै स्वरोजगार लघुवित्त वित्तीय संस्थाको ९ करोड ३२ लाख ४२ हजार ११० रुपैयाँबराबरको बोनस शेयर सूचीकृत भएको छ।

bonus share

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS