IME Life New

हालसम्म ९ वटा हाइड्रोपावर कम्पनीले घोषणा गरे लाभांश, कुनले कति दिँदैछन् बोनश र नगद ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आर्थिक वर्ष २०८२ /८३ को लागि हालसम्म ९ वटा हाइड्रोपावर कम्पनीले लाभांश घोषणा गरेका छन् । कम्पनीहरुले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् ।

हालसम्म मिड सोलु हाइड्रोपावर कम्पनी, सिक्लेस हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर, सेञ्चुरी इनर्जी, सिङगटी हाइड्रो इनर्जी, हिलटन हाइड्रो इनर्जी, युनिभर्सल पावर कम्पनी, भगवती हाइड्रोपावर, माउन्टेन इनर्जीले लाभांश घोषणा गरेका छन् ।

Crest

मिड सोलु हाइड्रोपावरले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरुलाई कुल १५ दशमलव ७८९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । जसमा कम्पनीले १५ प्रतिशत बोनश शेयर वितरण गर्नेछ भने लाभांशमा लाग्ने कर प्रयोजनका लागि ० दशमलव ७८९ प्रतिशत नगद लाभांश वितरण गर्नेछ । कम्पनीले बुक क्लोज मिति तय गरेको छैन ।

सिक्लेस हाइड्रोपावरले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल १५ दशमलव ७८९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । जसमा कम्पनीले १५ प्रतिशत बोनश शेयर वितरण गर्नेछ भने लाभांशमा लाग्ने कर प्रयोजनका लागि ० दशमलव ७८९ प्रतिशत नगद लाभांश वितरण गर्नेछ । कम्पनीले बुक क्लोज मिति तय गरेको छैन ।

अरुण भ्याली हाइड्रोपावरले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल ८ दशमलव ४२१ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । जसमा कम्पनीले ८ प्रतिशत बोनश शेयर वितरण गर्नेछ भने कर प्रयोजनका लागि ० दशमलव ४२१ प्रतिशत नगद लाभांश वितरण गर्नेछ । कम्पनीले बुक क्लोज मिति तय गरेको छैन ।

सेञ्चुरी इनर्जीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल ३५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । जसमा कम्पनीले २५ प्रतिशत बोनश शेयर वितरण गर्ने भएको छ भने लाभांशमा लाग्ने कर प्रयोजन सहित १० प्रतिशत नगद लाभांश वितरण गर्नेछ ।

सिङगटी हाइड्रो इनर्जीले आफ्ना शेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट कुल ५ प्रतिशत बोनश शेयर वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले बुक क्लोज मिति तय गरेको छैन ।

हिलटन हाइड्रो इनर्जीले गत आर्थिकब वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल ५ दशमलव २६३ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ ।

यूनिभर्सल पावर कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई ९ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ० दशमलव ४७३७ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ ।

भगवती हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने जनाएको छ । जसमा १४ प्रतिशत बोनश शेयर वितरण गर्ने भएको छ भने लाभांशमा लाग्ने कर प्रयोजनका लागि समेत गरी ६ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ ।

माउन्टेन इनर्जी नेपालले आफ्ना शेयरधनीलाई कुल २१ दशमलव ०५२६ प्रतिशत लाभांश वितरण गर्ने जनाएको छ । जसमा कम्पनीले २० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ भने १ दशमलवग ०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर १७ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

80%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

20%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS