IME Life New

हालसम्म ४ वटा विकास बैंकको लाभांश घोषणा, कुनको कति ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आर्थिक वर्ष २०८१/ ८२ को लागि हालसम्म ४ वटा विकास बैंकले लाभांश घोषणा गरेका छन् । नेप्सेमा सूचिकृत विकास बैंकमध्ये हालसम्म मितेरी डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक, मुक्तिनाथ विकास बैंक र कामना सेवा विकास बैंकले लाभांश घोषणा गरेका हुन् ।

मितेरी डेभलपमेन्ट बैंक
बैंकले आफ्ना शेयरधनीहरुलाई कुल १० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । जसमा बैंकले नगद लाभांश मात्रै वितरण गर्ने निर्णय गरेको छ । बैंकले मंसिर ६ गते साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा सुनसरीको धरान–१स्थित सुनसरी उद्योग वाणिज्य संघमा बिहान ११ बजेबाट सुरु हुनेछ।

Crest

साधारणसभा र लाभांश वितरण प्रयोजनार्थ बैंकले कात्तिक २३ गतेदेखि मंसिर ६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ कात्तिक २३ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

गरिमा विकास बैंक
बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल १० दशमलव ५३ प्रतिशत लाभांश वितरण गर्ने जनाएको छ । जसमा बैंकले ६ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि समेत गरी ४ दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ ।

बैंकले आफ्नो १९औँ वार्षिक साधारण सभा कार्तिक २७ गते विहीबार गर्ने भएको छ । सभा बिहान ११ बजे होटल पोखरा ग्राण्ड, बिरौटा, पोखरा, कास्कीमा हुने जनाइएको छ । बैंकले कात्तिक १८ गते बुक क्लोज गर्ने भएको छ । त्यसकारण कात्तिक १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले लाभांश पाउनेछन् ।

मुक्तिनाथ विकास बैंक
बैंकले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पूँजीको १८ दशमलव २ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । जसमा बैंकले १३ दशमलव ५३ प्रतिशत बोनश शेयर वितरण गर्ने भएको छ भने ४ दशमलव ६७ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । बैंकले आज कात्तिक १५ गते साधारण सभा गर्दैछ ।

कामना सेवा विकास बैंक
बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई १५ दशमलव ७८९५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । जसमा बैंकले १० प्रतिशत बोनश शेयर वितरण गर्ने भएको छ भने ५ दशमलव ७८९५ प्रतिशत नगद लाभांश वितरण गर्नेछ । बैंकले साधारण सभा पनि सम्पन्न गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

50%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS