IME Life New

हालसम्म १४ वटा हाइड्रोपावर कम्पनीले घोषणा गरे लाभांश, कुनले कति दिँदैछन् बोनश र नगद ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आर्थिक वर्ष २०८२ /८३ को लागि हालसम्म १४ वटा हाइड्रोपावर कम्पनीले लाभांश घोषणा गरेका छन् । कम्पनीहरुले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् ।

हालसम्म सुपर मादी हाइड्रोपावर, ङादी ग्रुप पावर, बरुण हाइड्रोपावर, साहस ऊर्जा, मिड सोलु हाइड्रोपावर कम्पनी, सिक्लेस हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर, सेञ्चुरी इनर्जी, सिङगटी हाइड्रो इनर्जी, हिलटन हाइड्रो इनर्जी, युनिभर्सल पावर कम्पनी, भगवती हाइड्रोपावर, माउन्टेन इनर्जी र नेपाल हाइड्रो डेभलपरले लाभांश घोषणा गरेका हुन् ।

Crest

साहस उर्जाले गत आर्थिक वर्षको नाफाबाट कुल २२ दशमलव १०५३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । जसमा कम्पनीले २१ प्रतिशत बोनश शेयर वितरण गर्ने भएको छ भने बोनशमा लाग्ने कर प्रयोजन समेत गरी १ दशमलव २०५३ प्रतिशत नगद लाभांश वितरण गर्नेछ । कम्पनीले बुक क्लोज गरिसकेको छ ।

सुपर मादी हाइड्रोपावरले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल ५ दशमलव २६४२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । जसमा कम्पनीले ५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ० दशलमव २६४२ प्रतिशत नगद लाभांश वितरण गर्नेछ ।

ङादी ग्रप पावरले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल ५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । जसमा कम्पनीले ४ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ० दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गर्नेछ । लाभांश र सभा प्रयोजनका लागि कम्पनीले मंसिर १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर १४ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।

बरुण हाइड्रोपावरले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल ५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । जसमा कम्पनीले ४ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ० दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गर्नेछ ।

मिड सोलु हाइड्रोपावरले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरुलाई कुल १५ दशमलव ७८९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । जसमा कम्पनीले १५ प्रतिशत बोनश शेयर वितरण गर्नेछ भने लाभांशमा लाग्ने कर प्रयोजनका लागि ० दशमलव ७८९ प्रतिशत नगद लाभांश वितरण गर्नेछ । कम्पनीले बुक क्लोज मिति तय गरेको छैन ।

सिक्लेस हाइड्रोपावरले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल १५ दशमलव ७८९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । जसमा कम्पनीले १५ प्रतिशत बोनश शेयर वितरण गर्नेछ भने लाभांशमा लाग्ने कर प्रयोजनका लागि ० दशमलव ७८९ प्रतिशत नगद लाभांश वितरण गर्नेछ । कम्पनीले बुक क्लोज मिति तय गरेको छैन ।

अरुण भ्याली हाइड्रोपावरले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल ८ दशमलव ४२१ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । जसमा कम्पनीले ८ प्रतिशत बोनश शेयर वितरण गर्नेछ भने कर प्रयोजनका लागि ० दशमलव ४२१ प्रतिशत नगद लाभांश वितरण गर्नेछ । कम्पनीले बुक क्लोज मिति तय गरेको छैन ।

सेञ्चुरी इनर्जीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल ३५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । जसमा कम्पनीले २५ प्रतिशत बोनश शेयर वितरण गर्ने भएको छ भने लाभांशमा लाग्ने कर प्रयोजन सहित १० प्रतिशत नगद लाभांश वितरण गर्नेछ । कम्पनीले बुक क्लोज मिति तय गरेको छैन् ।

सिङगटी हाइड्रो इनर्जीले आफ्ना शेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट कुल ५ प्रतिशत बोनश शेयर वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले बुक क्लोज मिति तय गरेको छैन ।

नेपाल हाइड्रो डेभलपर कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल ९ दशमलव ४७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । जसमा कम्पनीले ९ प्रतिशत बोनश शेयर वितरण गर्ने भएको छ भने कर प्रयोजनका लागि समेत गरी ० दशमलव ४७ प्रतिशत नगद लाभांश वितरण गर्नेछ ।

हिलटन हाइड्रो इनर्जीले गत आर्थिकब वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल ५ दशमलव २६३ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ ।

यूनिभर्सल पावर कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई ९ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ० दशमलव ४७३७ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ ।

भगवती हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने जनाएको छ । जसमा १४ प्रतिशत बोनश शेयर वितरण गर्ने भएको छ भने लाभांशमा लाग्ने कर प्रयोजनका लागि समेत गरी ६ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ ।

माउन्टेन इनर्जी नेपालले आफ्ना शेयरधनीलाई कुल २१ दशमलव ०५२६ प्रतिशत लाभांश वितरण गर्ने जनाएको छ । जसमा कम्पनीले २० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ भने १ दशमलवग ०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर १७ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

80%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

20%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS