काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट सिद्धार्थ सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान (एसआईपी)ले निष्कासन अनुमति पाएको छ।
धितोपत्र बोर्डले यो म्युचुअल फन्डको २ अर्ब २० करोड रुपैयाँबराबरको इकाइ निष्कासन गर्न अनुमति दिएको हो। अब यस योजनाको १० रुपैयाँ अंकित दरका कुल २२ करोड इकाइ निष्कासन गरिनेछ।
त्यसो त धितोपत्र बोर्डमा यस योजनाका कुल ५० करोड इकाइ निष्कासनका लागि दर्तामा रहेको छ। पछि धितोपत्र बोर्डको स्वीकृतिमा बाँकी इकाइ पनि निष्कासन हुनेछ।
सिद्धार्थ म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने यस योजनाको कोष प्रवर्द्धकमा सिद्धार्थ बैंक र योजना व्यवस्थापकमा सिद्धार्थ क्यापिटल रहेको छ।












