काठमाडौं । यूवा प्रदर्शनकारीले नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाको बुढानिलकण्ठस्थित निजी निवासमा तोडफोड सहित आगजनी गरिदिएका छन् ।
यसैगरी धनगढी उपमहानगरपालिका वडा नम्बर ३ स्थित परराष्ट्रमन्त्री आरजु देउवाको निजी निवासमा आगजनी गरिदिएका छन्।
प्रदर्शनकारीले काठमाडौंको नैकापस्थित कांग्रेस नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखकको घरमा आगजनी समेत गरेका छन् ।

















