काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडको कुल १ करोड २२ लाख २२ हजार ५५३ कित्ता शेयरको लकइन अवधि भदौ २३ गतेपश्चात सकिने भएको छ । कम्पनीले आज एक सूचना जारी गर्दै यस्तो बताएको हो ।
जसमा कम्पनीका संस्थापक शेयरधनीहरूको १ करोड २० लाख कित्ता, आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूलाई बाँडफाँड गरिएको १ लाख ९३ हजार ७०० कित्ता र कम्पनीमा कार्यरत कर्मचारीहरूलाई बाँडफाँड गरिएको २८ हजार ८५३ कित्ता शेयरको लकइन अवधि आगामी भदौ २३ गतेपछि सकिने भएको हो ।
कम्पनीले आईपीओ निष्काशन गरी सर्वसाधारणलाई बाँडफाँड गरेको दिनदेखि संस्थापक शेयरधनी, आयोजना प्रभावित र कम्पनीमा कार्यरत कर्मचारीहरूको शेयर तीन वर्षसम्म लकइनमा राख्नुपर्ने हुन्छ ।
कम्पनीले आईपीओ निष्काशन गरी २०८० भदौ २४ गते सर्वसाधारणलाई बाँडफाँड गरेको थियो ।












