IME Life New

शेयर बजारमा दोहोरो अंकको बृद्धि, १९१ कम्पनीको शेयर भाउ बढ्यो

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आज साताको दोस्रो दिन शेयर बजार बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक २३ दशलमव १९ अंकले बढेर २,६५३ को विन्दुमा कायम भएको छ । आज १९१ कम्पनीको शेयर मूल्य बढेको छ भने ५६ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३२४ कम्पनीको १ करोड ७५ लाख १ हजार ८०२ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ६८ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै राधि विद्युत कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६२ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । युनिभर्सल पावर कम्पनीको ५४ करोड ९५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बुटवल पावर कम्पनीको ५१ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै बुटवल पावर कम्पनी, मकर जितुमाया, पियोर इनर्जी, दोल्ती पावर कम्पनी र विन्ध्यावासीनी हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यी पाँच कम्पनीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ दशलमव ६१ प्रतिशतका दरले गुमाएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS