IME Life New

आजसम्म कायम शेयरधनीले हिमालयन डिस्टिलरीको लाभांश पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन डिस्टिलरीको गत आर्थिक वर्ष २०८१।८२ को लाभांश सुरक्षित गर्ने आज कात्तिक १९ गते अन्तिम दिन रहेको छ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले भोलि कात्तिक २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज कात्तिक १९ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

Esewa
Crest

गत आर्थिक वर्षका लागि कम्पनीले हाल कायम चुक्तापुँजीको २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। जसमध्ये २० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश (करसहित) छन्।

कम्पनीले यही कात्तिक ३० गते आइतबार २५ औँ वार्षिक साधारणसभा आयोजना गर्दैछ। सभा पर्साको वीरगन्जस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान १० बजे सुरु हुनेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS