IME Life New

धितोपत्र बोर्डबाट तीन म्युचुअल फन्डको इकाइ निष्कासन अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले तीनवटा म्युचुअल फन्डको इकाइ निष्कासन गर्न अनुमति दिएको छ।

धितोपत्र बोर्डले एनएमबि सरल बचत फन्ड–ई, सिटिजन्स सदाबहार योजना र एनआईसी एसिया इक्विटी लिंक्ड इन्भेस्टमेन्ट स्किमलाई इकाइ निष्कासन अनुमति दिएको हो।

Esewa
Crest

धितोपत्र बोर्डले एनएमबि सरल बचत फन्ड–ईको थप २ करोड इकाइ निष्कासन गर्न अनुमति दिएको छ। अब योजना व्यवस्थापक एनएमबि क्यापिटलले यस योजनाका १० रुपैयाँ अंकित दरका कुल २० करोड रुपैयाँबराबरको इकाइ जारी गर्नेछ।

यस योजनाका कुल ३४ करोड इकाइ धितोपत्र बोर्डमा दर्ता भइसकेको छ। यो योजना एनएमबि म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुँदैछ भने कोष प्रवर्द्धकमा एनएमबि बैंक रहेको छ।

यसैगरी सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने सिटिजन्स सदाबहार योजनाको ५० करोड रुपैयाँबराबरको इकाइ जारी गर्ने अनुमति दिइएको छ। योजना व्यवस्थापकले अब १० रुपैयाँ अंकित दरका कुल ५ करोड इकाइको सार्वजनिक निष्कासन गर्नेछ। यसको कोष प्रवर्द्धकमा सिटिजन्स बैंक रहेको छ।

उता धितोपत्र बोर्डले एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत एनआईसी एसिया लिंक्ड इन्भेस्टमेन्ट स्किमको १ अर्ब रुपैयाँबराबरको इकाइ निष्कासन गर्न अनुमति दिएको छ। अब योजना व्यवस्थापक एनआईसी एसिया क्यापिटलले १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइको सार्वजनिक निष्कासन गर्नेछ। यो योजनाको कोष प्रवर्द्धकमा एनआईसी एसिया बैंक रहेको छ।

यी ३ वटै खुलामुखी योजना हुन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS