IME Life New

नेपाल इन्स्योरेन्स कम्पनीको वार्षिकोत्सवका अवसरमा दोस्रो नेपाल इन्स्योरेन्स फुटसल प्रतियोगिता हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको बीमा क्षेत्रमा गौरवशाली इतिहास बोकेको नेपाल इन्स्योरेन्स कम्पनीले आफ्नो स्थापनाको ७९औँ वर्ष पूरा गरी ८० वर्षमा प्रवेश गरेको अवसरमा दोस्रो नेपाल इन्स्योरेन्स फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ।

कम्पनीको वार्षिकोत्सवका अवसरमा आगामी असोज ३ गते सामाखुसी फुटसलमा प्रतियोगिता आयोजना गर्न लागिएको हो। प्रतियोगितामा नेपाल बीमा प्राधिकरणलगायत सम्पूर्ण जीवन बीमा, निर्जीवन बीमा, लघुबीमा तथा पुनर्बीमा कम्पनीका कर्मचारीको सहभागिता रहनेछ।

Esewa
Crest

‘प्रोटेक्टिङ एभ्री रिस्क, सेलिब्रेटिङ एभ्री गोल’ भन्ने नाराका साथ आयोजना हुन लागेको प्रतियोगिताको मुख्य उद्देश्य मनोरञ्जनसँगै बीमा क्षेत्रसँग सम्बन्धित कर्मचारीबीच आपसी समन्वय, सद्भाव, आत्मविश्वास तथा स्वस्थ जीवनशैलीसम्बन्धी चेतनाको विकास गर्नु रहेको कम्पनीले जनाएको छ। प्रतियोगितामा प्रथम र द्वितीय स्थान हासिल गर्ने टोलीलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ।

प्रतियोगिताको पहिलो संस्करणमा बीमा क्षेत्रका विभिन्न संस्थाबाट उत्साहजनक सहभागिता रहेको थियो। सोही उत्साहलाई निरन्तरता दिँदै यस वर्ष पनि नेपाल बीमा प्राधिकरणलगायत सम्पूर्ण जीवन बीमा, निर्जीवन बीमा, लघुबीमा तथा पुनर्बीमा कम्पनीको उत्साहपूर्ण सहभागिता रहने कम्पनीले अपेक्षा गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS