काठमाडौं । शेयर बजारमा दोस्रो नकारात्मक सर्किट लागेको छ । यससँगै अब बजार ४० मिनेटको लागि कारोबार स्थगित भएको छ। जेन्जी आन्दोलनको नराम्रो असर शेयर बजारमा देखिएको हो । सरकार परिवर्तनपछि खुलेको पहिलो दिन नियमित बजार खुलेको २ मिनेटमै नेप्से ४ प्रतिशत घटेपछि पहिलो नकारात्मक सर्किट लागेर शेयर कारोबार २० मिनेटको लागि स्थगित भएको थियो।
पहिलो नकारात्मक सर्किट लागेपछि ११ बजेर २२ मिनेटमा खुलेको बजारमा फेरि नेप्से ११ बजेर २३ मिनेटमा ५ प्रतिशत घटेर दोस्रो नकारात्मक सर्किट लागेको हो। अब शेयर कारोबार ४० मिनेटका लागि बन्द हुनेछ ।

















