काठमाडौं । साउदी अरबको शाही परिवारका कथाहरुले प्रायः मानिसमाझ चासो जगाउँछन्। मानिसहरु अझै पनि शाही परिवारहरुको असाधारण जीवनबाट मोहित हुन्छन्। चाहे त्यो बेलायतको शाही परिवार होस् वा साउदी अरबको शाही परिवार। तिनीहरुले अझै पनि मानिसहरुको ध्यान आकर्षित गर्छन्।
शाही परिवारहरुको जीवन प्रायः विलासिता र विशेषाधिकारले भरिएको देखिन्छ। तर, उनीहरुको दरबारका सुनौला पर्खालहरुपछाडि केही शाही कथाहरुमा कहिलेकाहीँ अकल्पनीय दुःखमा लेखिएका हुन्छन्। तीमध्ये सबैभन्दा हृदयविदारक कथा साउदी अरबका राजकुमार अल–वालिद बिन खालिद बिन तलालको हो। जो ‘स्लिपिङ प्रिन्स’ भनेर चिनिन्छ।
राजकुमार अल–वालिदले १८ अप्रिल २०२५ मा आफ्नो ३६ औँ जन्मदिन मनाए। तर, धेरै वर्षदेखि उनका बारेमा कुनै जानकारी छैन। तर, उनी ‘स्लिपिङ प्रिन्स’का रुपमा प्रसिद्ध छन्।
आखिर किन ? के भयो कि उनी पछिल्लो २० वर्षदेखि कोमामा फसेका छन् ? वास्तवमा एउटा खतरनाक दुर्घटनाले राजकुमार अल–वालिदको जीवनलाई अन्धकारमा धकेलिदियो। उनी सन् २००५ मा एक भयानक सडक दुर्घटनाको सिकार भए र त्यसबेलादेखि उनी विगत २० वर्षदेखि कोमामा छन्। जब उनको दुर्घटना भयो उनी सैन्य कलेजमा पढिरहेका थिए।
राजकुमार अल–वालिद साउदी अरबका संस्थापक राजा अब्दुल अजिजका पनाति हुन्। उनका बुवा राजकुमार खालिद बिन तलाल राजा अब्दुल अजिजका छोरा र राजकुमार तलाल बिन अब्दुल अजिजका नाति हुन्। यस तरिकाले राजकुमार अल–वालिद साउदी शाही परिवारसँग सम्बन्धित छन्। यद्यपि उनी वर्तमान राजाको प्रत्यक्ष उत्तराधिकारी होइनन्।
अहिले उनको जीवन कोमाको अन्धकारमा बितिरहेको छ। उनी रियादको किङ अब्दुल अजिज मेडिकल सिटीको ओछ्यानमा पल्टिरहेका छन्। जहाँ उनको हेरचाह भइरहेको छ।
राजकुमार अल–वालिदको जीवन विगत २० वर्षदेखि मेसिनहरुले सुरक्षित राखेका छन्। रोया न्युजले रिपोर्टअनुसार उनलाई विगत २० वर्षदेखि भेन्टिलेटरमा राखिएको छ र उनलाई ट्युबमार्फत खाना खुवाइन्छ।
रिपोर्टका अनुसार राज अल–वालिदको शरीरको चाल अन्तिम पटक सन् २०१९ मा रेकर्ड गरिएको थियो। जब उनले साना ईशारामार्फत कुराकानी गर्ने प्रयास गरेका थिए। त्यस समयमा उसले आफ्नो औँला उठायो र अलिकति टाउको हल्लायो। तर, डाक्टरहरु भन्छन् कि यो उनको होस फर्किने संकेत थिएन।
त्यस समयमा परिवारले फेरि उनी कोमाबाट फर्किने आशा गर्न थाले। उनको होस फर्किने प्रतीक्षा अझै जारी छ। डाक्टरहरुले लाइफ सपोर्ट बन्द गर्न सिफारिस गरेपछि उनका बुवा राजकुमार खालिद बिन तलाल अल साउदले असहमति जनाए र आफ्नो प्यारो छोराको जीवनका लागि लड्ने निर्णय गरे। उनका बुवाले भने, ‘यदि भगवानले उनलाई दुर्घटनामा मरेको चाहेको भए, उनी अहिले चिहानमा हुने थिए।’

















