IME Life New

सानिमा रिलायन्स लाइफको “मेरो मुटु बाल जीवन बीमा“ योजना सार्वजनिक, के-के छन् विशेषता ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । बालबालिकाको उज्ज्वल भविष्य सुनिश्चित गर्न सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले “मेरो मुटु बालजीवन बीमा” योजना संञ्चालन गरेको छ। यो योजनाले एक महिनाको उमेरदेखि नै बच्चाको जीवन बीमा गर्न मिल्ने सुविधा प्रदान गर्छ। विशेष कुरा के भने, यसमा अभिभावक (प्रस्तावक) र बच्चा दुवैको जीवन एकैसाथ बीमित गरिने जनाएको छ ।

यो बीमालेखले बचत र सुरक्षा दुबै संयोजन गरेको छ। बीमा अवधिभर प्रस्तावकको कुनै कारणवश मृत्यु वा स्थायी अशक्तता भएमा बाँकी सम्पूर्ण बीमा शुल्क मिनाहा हुनेछ। त्यस्तै, बीमांक रकमको १ प्रतिशत मासिक रूपमा बच्चाको नाममा उपलब्ध हुनेछ, जसले उसको शिक्षादेखि भविष्य निर्माणसम्म सहयोग पु-याउँछ।

Crest

अप्रत्याशित मृत्यु भएमा के हुन्छ?
१ .बीमीतको हकमाः बीमांक रकमको २५ प्रतिशत वा आर्जित बोनस वा भुक्तानी भएको बीमाशुल्कमध्ये जुन बढी हुन्छ, त्यो रकम दिइनेछ।

२. प्रस्तावकको हकमाः प्रस्तावकको मृत्यु हुदा बिमांक रकम पाउने गरि अतिरिक्त बीमाशुल्क तिरेको अवस्थामा बीमांक रकम प्रधान गरिनेछ र अतिरिक्त शुल्क नतिरेको अवस्थामा बीमांक रकम प्रधान गरिने छैन।

३. बीमा अवधि समाप्त हुनु अगावै बीमालेख चालु रहेको अवस्थामा बीमित र बीमा प्रस्तावकको मृत्यु एउटै घटनामा भएमा प्रस्तावकको मृत्यु बापत बीमांक रकम र आर्जित बोनस तथा बच्चाको मृत्यु बापत बीमंकको २५% रकम भुक्तानी दिइनेछ।

४. बीमा अवधि भित्र प्रस्तावकको मृत्यु भएपश्चात बिमीत बच्चाको समेत मृत्यु भएमा बीमांक रकमको २५% र आर्जित बोनस वा भुक्तानी भएको बीमाशुल्क मध्य जुन रकम बढी हुन्छ सो रकम भुक्तानी दिइनेछ र बीमालेख स्वतः अन्त्य हुनेछ।

किन रोज्ने “मेरो मुटु बालजीवन बीमा”?
बालबालिकाको उच्च शिक्षा, आकस्मिक खर्च र दीर्घकालीन योजना सुरक्षित गर्न
मासिक आय सुविधा सहितको बीमालेख
भविष्यका लागि अनुशासित बचतको सुनिश्चितता
न्यून प्रिमियममै दीर्घकालीन लाभ

बीमा गर्ने उपयुक्त समय कहिले?
बच्चा जन्मिएको सुरुवाती चरणमै यो बीमा गर्दा भविष्यमा ठूलो लाभ लिन सकिन्छ। “जीवन बीमा आजै, अहिल्यै“ भन्ने सोच अनुरूप समयमै बीमालेख लिएर आफ्नो बालबालिकाको भविष्यलाई सुनिश्चित गर्न सकिन्छ।

सानिमा रिलायन्सः विश्वासको बीमा
सानिमा रिलायन्सले नेपाली परिवारहरूको आवश्यकता पहिचान गरी नविनतम तथा व्यवहारिक बीमा योजनाहरू उपलब्ध गराउँदै आएको छ। आर्थिक रूपमा सबल, पारदर्शी व्यवस्थापन तथा सामाजिक रूपमा प्रतिष्ठित संस्थापक समूहको सहभागिताले गर्दा यो संस्था विश्वासिलो विकल्प बनेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS