काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले शाखा प्रमुख र बजार अधिकृत माग गरेको छ । कम्पनीले कोशी प्रदेशमा खाँदबारी, ओखलढुङगा र दिक्तेलका लागि, मधेश प्रदेशमा बर्दिवास, निजगढ र सिमराका लागि, बागमति प्रदेशमा पनौति, कमलविनायक, पुतलीसडक, चापागाउँ, एकान्तकुना, भैँसेपाटी, कालिमाटी, सुन्धारा र थानकोटका लागि, लुम्बिनी प्रदेशमा लमही र रामपुर (पाल्पा)को लागि र गण्डकी प्रदेशमा कुश्मा शाखाको लागि शाखा प्रमुख माग गरेको हो ।
त्यस्तै, उपत्यकाभित्र तथा उपत्यका बाहिरका विभिन्न शाखाहरुमा बजार अधिकृत आवश्यक भएको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले जेठ १८ गतेभित्र आवेदन दिनुपर्नेछ ।


















