IME Life New

सानिगाड हाइड्रोको आइपीओ बाँडफाँट, यी तरिकाले हेर्न सकिन्छ नतिजा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिगाड हाइड्रोको आइपीओ आज असार १ गते बाँडफाँट गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा आज बिहान आइपीओ बाँडफाँट गरिएको हो।

कम्पनीले गत जेठ १८ गतेखि जेठ २१ गतेसम्म सर्वसाधारणका लागि १०० रुरुपैयाँ अंकित दरका कुल ४६ लाख ७४ हजार कित्ता आइपीओ बिक्री खुला गरेको हो। यो आइपीओमा २७ लाख ५९ हजार ४९० आवेदकबाट कुल ३ करोड १ लाख ३२ हजर ५०० कित्ता शेयर माग भएको थियो। जसमा २७ लाख २७ हजार ५१५ आवेदकबाट माग भएको २ करोड ९७ लाख ५० हजार २१० कित्ता सदर भएको थियो भने ३१ हजार ९७५ आवदेन रद्द भएको थियो।

Esewa
Crest

मागभन्दा बढी आवेदन परेकै कारण यो आइपीओ पनि गोलाप्रथाबाट बाँडफाँट गरिएको छ। जसमा भाग्यमानी ४ लाख ६७ हजार ४०० आवेदकले १० कित्तका दरले शेयर पाएका छन्। यो हिसाबले सदर आवेदकमध्ये २२ लाख ९२ हजार ९० आवेदकको हात खाली भएको छ।

यो आइपीओ नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्धकको वेबसाइटका साथी सीडीएससीको मेरो शेयर र iporesult.cdsc.com.np मा गएर हेर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS