काठमाडौं । समृद्धि फुड्स प्रडक्ट प्रालिको कारोबारको आकार पछिल्लो वर्षयता खुम्चिंदै गएको छ। रेटिङ एजेन्सी इक्रा नेपालले बैंक ऋण प्रयोजनका लागि गरेको रेटिङपछि जारी विज्ञप्तीमा कम्पनीको व्यापार चालू आर्थिक वर्ष २०८१।८२ को पहिलो ६ महिनाको अवधिमा ३९ करोड ७० लाख रूपैयाँ रहेको छ।
गत आर्थिक वर्ष २०८०।८१ मा यसले कुल ९७ करोड ८० लाख रूपैयाँको व्यापार गरेको थियो। चालू आवको पहिलो अर्द्ध वार्षिक अवधिमा गरेको कारोबार अंकलाइ दोब्बर बनाउँदा समेत यसले यस आवमा कुल कारोबार रकम ८० करोड रूपैयाँभन्दा बढी पुर्याउन चुनाैती हुने देखिएको छ।
आ २०७९।२०८० कारोबारका हिसाबले सबैभन्दा उपयुक्त रह्यो। त्यस आर्थिक वर्षमा कम्पनीले कुल १ अर्ब २२ करोड रूपैयाँ बराबरको खाद्यान्न बिक्री गरेको थियो। गत आवमा यसको कारोबार रकम अघिल्लो आर्थिक वर्षको तुलनामा २० प्रतिशतले खुम्चिएर ९७ करोड ८० लाख रूपैयामा झरेको थियो।
आर्थिक वर्ष २०७८।७९ मा एक अर्ब १४ करोड रुपैयाँको कारोबार गरेको थियो। त्यस अघि कम्पनीले २०७७।७८ मा ९७ करोड रुपैयाँ र २०७६।७७ मा ९५ करोड रुपैयाँको कारोबार गरेको थियो।
इक्रा नेपालका अनुसार, भारतद्वारा गहुँ निर्यातमा कोटा लगाइएका र नेपालमा यसको घरेलु विनियोजनका हालैका उदाहरणहरू अस्थिर रहेका छन् । यसै कारणले गर्दा समृद्धि फुड्सको लागि कच्चा पदार्थको उपलब्धता र यसको मूल्य निर्धारणमा दबाब परेको छ। कुनै पनि बढ्दो प्रतिकूल नियामक परिवर्तनहरूले यसको कच्चा पदार्थको मूल्यहरूलाई थप असर गर्नेछ। पिठो मिलिङ उद्योग कृषि जलवायू जोखिमहरूको लागि संवेदनशील हुन्छन्, जसले गहुँको बाली र उपलब्धतालाई असर गर्न सक्छ र फलस्वरूप, कृषि-वस्तुको मूल्यलाई असर गर्छ।
इक्रा नेपालले भनेको छ,तीब्र प्रतिस्पर्धा र मूल्य संवेदनशील संस्थागत क्रेताहरू (यसको गत आर्थिक वर्षको कुल अायको ५० प्रतिशत योगदान) मा ठूलो निर्भरताका बीच उपभोक्ताहरूलाई बढेको लागत हस्तान्तरण गर्ने समृद्धिको क्षमता महत्त्वपूर्ण रहनेछ।
कम्पनीले आफ्नो गहुँ प्रशोधन गरेर मैदा, आटा, सुजी, चोकर लगायतका खाद्य सामाग्री उत्पादन गर्दै आएको छ। यसका उत्पादनहरू अनन्त भोग ब्राण्डमार्फत बिक्री वितरण हुने गरेको छ। गहुँबाट उत्पादन हुने खाद्य सामाग्रीको बजारमा तीब्र प्रतिस्पर्धासँगै यसले खुद्रा बजारमा पकड जमाउन नसकेपछि कारोबार रकम क्रमशः खुम्चिंदै गएको हो।
समृद्धि फुड्सको कारखाना कपिलवस्तुमा छ। यसको जडित क्षमता प्रतिदिन १४० मेट्रिक टन छ। सन् २०१८ को मे महिनाबाट कम्पनीले व्यावसायिक उत्पादन शुरू गरेको हो। यसले उत्पादन क्षमता अनुसारको बजार माग सिर्जना गर्न नसक्दा जडित क्षमताको ३० प्रतिशत हाराहारी मात्र उत्पादन गरिरहेको छ।
इक्रा नेपालले ३९ करोड ९० लाख दीर्घकालीन र ३० करोड अल्पकालीन बैंक कर्जाका लागि क्रमशः एलबी र एफो रेटिङ प्रदान गरेको छ। यस्तो रेटिङ प्राप्त कम्पनीले पूर्वनिर्धारित समयमै वित्तीय दायीत्व पुरा गर्ने सवालमा

















