IME Life New

बैंकहरुबाट रु. १ खर्ब ३९ अर्ब गाडी कर्जा प्रवाह, व्यावसायिक र व्यक्तिगतमा कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्ष २०८२।८३ को ८ महिना फागुनसम्म बैंकहरुबाट १ खर्ब ३९ अर्ब रुपैयाँ बढी गाडी कर्जा प्रवाह भएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु वर्षको फागुनसम्म १ खर्ब ३९ अर्ब ७८ करोड रुपैयाँ गाडी कर्जा प्रवाह भएको छ। अघिल्लो वर्ष २०८१।८२ को फागुनसम्म बैंकहरुबाट १ खर्ब २९ अर्ब ९५ करोड रुपैयाँ गाडी कर्जा प्रवाह भएको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा गाडी कर्जा प्रवाह ७.५७ प्रतिशतले बढेको छ।

Esewa
Crest

समीक्षा अवधिसम्म बैंकहरुले व्यावसायिक गाडी कर्जा शीर्षकमा ९४ अर्ब ९८ करोड रुपैयाँ दिएका छन्। अघिल्लो वर्ष यही अवधिसम्म बैंकहरुले यो शीर्षकमा ८७ अर्ब ६५ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कर्जा प्रवाह ८.३७ प्रतिशतले बढेको छ।

यसैगरी व्यक्तिगत गाडी कर्जामा बैंकहरुले ४४ अर्ब ७९ करोड रुपैयाँ दिएका छन्। अघिल्लो वर्ष यो शीर्षकमा बैंकहरुले ४२ अर्ब ३० करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकहरुको कर्जा प्रवाह ५.८९ प्रतिशतले बढेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS