IME Life New

पुनर्बीमा दलालका लागि समेत विदेशी मुद्रामा पुनर्बीमा शुल्क भुक्तानीको बाटो खुल्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा दर्ता भएका पुनर्बीमा दलाल कम्पनीहरूले विदेशी पुनर्बीमा कम्पनीलाई विदेशी मुद्रामा पुनर्बीमा शुल्क भुक्तानीमा रहेको कानूनी अड्चन हटेको छ।

नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र २०८१ मा संशोधन जारी गर्दै नेपालमा दर्ता भएका पुनर्बीमा दलाल कम्पनीले समेत विदेशी मुद्रामा पुनर्बीमाशुल्क भुक्तानीका लागि बाटो खुलाएको हो।

Esewa
Crest

संशोधित परिपत्रमा लेखिएको छ, नेपालमा विधिवत रुपमा दर्ता भई कारोबार गरिरहेका बीमा कम्पनीहरू तथा पुनर्बीमा दलाल कम्पनीहरुले विदेशी मुद्रामा पुनर्बीमक कम्पनीहरूलाई भुक्तानी गर्नुपर्ने पुनर्बीमा प्रिमियमको सटही सुविधा देहायमा उल्लिखित व्यवस्था अनुरुप इजाजतपत्रप्राप्त “क” र राष्ट्रियस्तरका “ख” वर्गका बैंक तथा वित्तीय संस्थाहरूले प्रदान गर्न सक्नेछन् । यसअघि बीमा कम्पनीहरूका लागि मात्र यस्तो सुविधा थियो।

परिपत्रमा मालसामान आयात गर्दा आवश्यक पर्ने बीमामा नेपाली सेवा प्रदायकलाई प्राथमिकता दिनुपर्ने प्रावधान हटाएको छ। अब आयातकर्ताले स्वदेशी वा विदेशी जोसुकैबाट यस्तो सेवा लिन पाउनेछन् । साथै आयात व्यापारमा आवश्यक पर्ने ढुवानी सम्बन्धी सेवामा पनि नेपाली सेवा प्रदायकलाई प्राथमिकता दिनुपर्ने प्रावधान खारेज गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS