IME Life New

कम्बोडियामा अनिवार्य बीमाको नियम कडाइका साथ कार्यान्वयन गर्न नियामकको आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कम्बोडिया बीमा नियामक (आईआरसी) ले अनिवार्य बीमाको नियम कडाइका साथ कार्यान्वयन र जनचेतनाका लागि आह्वान गरेको छ।

खमेर टाइम्समा प्रकाशित समाचारअनुसार यो कदम सामाजिक सुरक्षा बढाउन र आर्थिक लचिलोपनलाई समर्थन गर्ने नियामकको प्रयासको एउटा हिस्सा हो। बीमा नियामकका महानिर्देशक बो चानफिराउको अध्यक्षतामा भएको अनिवार्य बीमासम्बन्धी सेमिनारमा यो आह्वान गरिएको थियो।

Esewa
Crest

चानफिराउका अनुसार कम्बोडियाको बीमा कानुनले तीन प्रकारका अनिवार्य बीमा पहिचान गर्दछ। पहिलो व्यावसायिक सवारीसाधनका लागि मोटर तेस्रो पक्ष दायित्व बीमा, दोस्रो भूमि, पानी, हावा र रेलमा यातायात सञ्चालकहरुका लागि यात्रु दायित्व बीमा र तेस्रो शारीरिक चोटपटक वा सम्पत्ति क्षतिका लागि पीडितलाई क्षतिपूर्ति दिन निर्माणस्थल दायित्व बीमाको अनिवार्य रहेको छ।

चानफिराउले व्यवसाय मालिकहरुमा कम जागरुकता, अपर्याप्त पहुँच र केही सक्षम अधिकारीहरुमा स्पष्ट बुझाइको अभावका कारण अनुपालन अझै पनि सीमित रहेको उल्लेख गरे। ‘कानुन प्रवर्तनलाई बलियो बनाउन बीमा नियामकले बीमा क्षेत्र २०२१–२०३० को विकास योजनाअन्तर्गत अनिवार्य बीमाको वृद्धिलाई प्राथमिकता दिएको छ’, उनले भने। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS