काठमाडौं । बागमती प्रदेशमा घरजग्गाको रजिस्ट्रेसन घटेसँगै सरकारले पाउने राजस्व पनि उच्च गिरावट आएको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ। गत आर्थिक वर्ष २०८१।८२ को असार मसान्तसम्मको बागमती प्रदेशको आर्थिक गतिविधि प्रतिवेदनबाट यस्तो देखिएको हो। समीक्षा वर्षमा बागमती प्रदेशमा घरजग्गा रजिस्ट्रेसन संख्या २५ प्रतिशतले घटेको छ। गत वर्षको सोही अवधिमा सोे संख्या १८.१० प्रतिशतले घटेको थियो।
प्रतिवेदनअनुसार समीक्षा वर्षमा ९८ हजार ६४८ वटा घरजग्गा रजिस्ट्रेसन भएका छन्। अघिल्लो वर्ष २०८०।८१ असार मसान्तसम्म १ लाख ३१ हजार ४५१ वटा घरजग्गा रजिस्ट्रेसन भएका थिए।
यसैगरी समीक्षा वर्षमा घरजग्गा रजिस्ट्रेसनबापत सरकारले पाउने राजस्व २३.६ प्रतिशतले घटेर १ खर्ब ३९ अर्ब ७६ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष सोही अवधिमा पनि यस्तो राजस्व २६.२३ प्रतिशतले घटेको थियो । अघिल्लो वर्ष घरजग्गा रजिस्ट्रेसनबापत सरकारले १ खर्ब ८२ अर्ब ७० करोड रुपैयाँ राजस्व प्राप्त गरेको थियो।
समीक्षा वर्षमा घर–भवन नक्सापास संख्या पनि १.७ प्रतिशतले घटेको छ ।

















