काठमाडौं । नेप्सेमा आरबीबीएल डिबेञ्चर २०८८ सूचिकृत भएको छ । आज साउन १४ गते नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा राष्ट्रिय वाणिज्य बैंकको ७ वर्ष अवधि तथा ७ प्रतिशत व्याजदर भएको अंकित तथा चुक्ता मूल्य १ हजार दरका कुल २५,००,००० कित्ता ऋणपत्र सूचीकरण भएको हो ।
धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम साउन ७ गतेको निर्णयानुसार सूचीकरण गरिएको हो । उक्त ऋणपत्रको दोस्रो बजारमाभोलि साउन ५ गतेबाट कारोबार शुरु हुनेछ ।
1753861007285

















