काठमाडौं । बङ्गालको खाडीबाट आएको मनसुनी वायुको प्रभावले तराईका जिल्लाहरुमा वर्षा भइरहेको छ।
मौसम पूरवानुमान महाशाखाका अनुसार मधेश, कोशी, बागमती, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका समथर भूभागहरुमा हल्कादेखि भारी वर्षा भइरहेको छ ।
विशेषगरी बारा,पर्सा, रौतहट, मकवानपुर, ललितपुर र काठमाडौॅ जिल्लामा मध्यराति देखि भारी वर्षा भइरहेको छ।

दिउँसो १ बजेदेखि वर्षा अझै बढ्ने पूर्वानुमान छ।
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभाग धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानहरूमा चट्याङसहित भारी वर्षाको सम्भावना छ।

















