IME Life New

भाटभटेनीमा भएको हुलदङ्गामा झण्डै ११ अर्ब रूपैयाँको सम्पत्ति स्वाहा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भाटभटेनी सुपरमार्केट एण्ड सुपर स्टोर प्रालिको बिक्री केन्द्र र गोदाम घरमा भदाै २४ गते भएको हुलदङ्गामा आगजनी र लुटपाटमा झण्डै ११ अर्ब रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीन बहादुर गुरूङले प्रारम्भिक मूल्याङ्कनका आधारमा १० अर्ब ८५ करोड रूपैयाँ बराबरको क्षति भएको बताएका छन्। उनका अनुसार सुपर स्टोरको भवन, मालसामान र गोदामको सामानमा भएको लुटपाट र आगजनीबाट भएको क्षतिको प्रारम्भिक मूल्याङ्कनका क्रममा यो आँकडा देखिएको हो। उनले सर्वेयरहरूबाट क्षति मूल्याङ्कनको काम सम्पन्न भएपछि मात्र क्षतिको रकम यकीन गर्न सकिने जानकारी दिए।

Esewa
Crest

गुरूङले काठमाडाैंको चाबहिल बाहेकको सुपरस्टोरको पुनर्निर्माण सकेर चार महिनाभित्र सञ्चालनमा ल्याउने लक्ष्य रहेको बताए।

जेन जी अान्दोलनको अावरणमा हुलदङ्गामा संलग्न भिडले भाटभटेनीका २८ मध्ये १२ वटा सुपरस्टोरमा तोडफोड, लुटपाट र आगजनीबाट क्षति पुर्‍याएको छ। यसबाहेक थप नाैवटामा तोडफोड र लुटपाट भएको छ। धरान, बिर्तामोड, विराटनगर, दमक, भरतपुर,  हेटाैंडा, पोखरा, नक्साल सुपरस्टोर, नक्साल गोदाम, महाराजगञ्ज, बाैद्ध र कोटेश्वरको सुपरस्टोरमा आगजनी गरिएको थियो।

काठमाडाैं उपत्यकाभित्र सातदोबाटो, सानागाउँ, पाटन, टोखा, अनामनगर, त्रिपुरेश्वर, कलंकी, राधेराधे भक्तपुर र बालाजुको सुपरस्टोर सञ्चालनमा छन्। यसैगरी उपत्यका बाहिर, वीरगञ्ज, जनकपुर, इटहरी, बुटवल, भैरहवा, नेपालगञ्ज र धनगढी सहित सातवटा सुपरस्टोर सञ्चालनमा छन्।

भाटभटेनीले दैनिक उपभोग्य सामान, सुनचाँदी, कपडा देखि लिएर घरायसी प्रयोजनका विद्युतीय उपकरणहरू समेत एउटै छानामुनी बेच्दै आएको छ।

चाबहिल बाैद्धको भाटभटेनी सुपरस्टोरमा भिषण आगलागीका कारण यसको भवनको केही संरचना नै भत्काउनुपर्ने प्रारम्भिक जाँचका क्रममा देखिएको छ। त्यसैले यो सुपरस्टोर पुनर्निर्माणको काममा अन्य भन्दा लामो समय लाग्ने देखिएको छ।

भाटभटेनीमा भएको आक्रमणको घटनाले मन गह्रुङ्गो भएपनि कर्मचारी, ग्राहक र बैंक प्रतिको दायीत्वका कारण आफूले हिम्मत नहारेको सञ्चारकर्मीहरूसँगको कुराकानीमा बताए। उनले भने, उनीहरू सबैमाथि मेरो जिम्मेवारी छ, चाहेर पनि दायीत्वबाट पन्छिन मिल्दैन।

देशभर २८ वटा सुपर स्टोर रहेको भाटभटेनीमाथि झण्डै १७ अर्ब रूपैयाँ बैंक ऋणको भार छ।

भाटमभटेनीमा हुलदङ्गामा भएको आगलागीबाट बाैद्ध सुपरस्टोरमा ६ जना र धरान सुपरस्टोरमा ४ जना, विराटनगरमा १ र कोटेश्वरमा १ जनाको डढेको शव फेला परेको छ। उनीहरूमध्ये अधिकांशको शव पहिचान गर्न बाँकी रहेको भएपनि उनीहरू लुटपाटमा संलग्नहरू रहेको हुन आशंका गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS