काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समीति हिमालयन लाइफले आज मधेश प्रदेश कमिटी विस्तार गरेको छ । एमटीआरटी तथा सिनियर एजेन्सी म्यानेजर गोपाल बहादुर श्रेष्ठको अध्यक्षतामा प्रदेश कमिटी गठन भएको हो ।
संगठनले बीमा व्यवसायमा वृद्धि र बीमा पेसाप्रति चासोमा अभिवृद्धि भन्ने मुल नाराका साथ साताव्यापी रुपमा सम्बन्धित प्रदेशका अभिकर्ताहरुसँग प्रेरणात्मक भेटघाट पुनर्जागरण तथा संगठन विस्तार कार्यलाई तिब्र रुपमा अघि बढाएको छ ।
यस संगठन विस्तार कार्यलाई भब्य र सभ्य रुपमा सफल बनाउन यस बीमककी उपाध्यक्ष निडर,सहयोगि अत्यन्त प्रभावशालि नेतृ सानुमाया पाख्रिन र कोशि प्रदेश सदस्य अजय कुमार चौधरीको पुर्ण साथ र सहयोगको भुमिका निभाएका थिए ।

साथै उपाध्यक्ष पाख्रिनले बीमाको अपरिहार्यता र यसको महत्वको बिषयमा प्रकाश पारिन् । यस बीमा जगतमा पुरुष अभिकर्तासँगै महिलाले पनि बीमा संग आबद्ध भएर आफ्नो शाखा , प्रदेस हुदै सिंगो कम्पनीलाई नै उच्च स्थानमा पुर्याउन आजैदेखि दृढ संकल्पका साथ अघि बढ्न सबैलाई आग्रह गरिन् ।
साथै यस कार्यक्रममा बीमकका अध्यक्ष रेशम गौतम यस कार्यक्रमका संयोजक तथा उपाध्यक्ष अष्ट श्रेस्ठ , सदस्य आषिश लामा सहित पेशागत बिमा अभिकर्ता संघ नेपालका केन्द्रिय उपाध्यक्ष दामोदर गौतमको उपस्थिति रहेको थियो ।

















