IME Life New

सम्पत्ति शुद्धीकरण निवारणः अब बीमकले नीति तथा कार्यविधि बनाउनुपर्ने, यी विषय समेट्नुपर्ने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । अब बीमा कम्पनीहरुले सम्पत्ति शुद्धीकरण निवारणका लागि छुट्टाछुट्टै नीति तथा कार्यविधि बनाउनुपर्ने भएको छ।

नेपाल बीमा प्राधिकरणले सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य तथा आमविनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारणसम्बन्धी निर्देशन, २०८२ जारी गर्दै यस्तो व्यवस्था गरेको हो। अब बीमा कम्पनीहरुले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारणा ऐन, २०६४ को दफा ७त मा उल्लिखित व्यवस्था अतिरिक्त विभिन्न विषयलाई समेटेर नीति तथा कार्यविधि बनाएर लागू गर्नुपर्नेछ।

Crest

नीति तथा कार्यविधि बनाउँदै बीमकहरुले जोखिम मूल्यांकन प्रणालीका आधार तथा पद्धति अपनाउनुपर्नेछ। कर्मचारीको अतिरिक्त जिम्मेवारी तथा कार्यविभिजन, जोखिममा आधारित ग्राहक पहिचान गर्ने, ग्राहकको विवरण अद्यावधिक तथा अनुगमन गर्ने प्रणाली र प्राधिकरण एवं वित्तीय जानकारी इकाइलाई दिने सूचना वा प्रतिवेदन विद्युतीय माध्यमबाट पेस गर्ने व्यवस्था नीति तथा कार्यविधिमा समावेश गर्नुपर्नेछ।

यसैगरी बीमकले नीति तथा कार्यविधिमा शंकास्पद कारोबार तथा गतिविधि पहिचान गर्ने तरिका र उपयुक्त विधि मार्फत बीमकको कार्यालय वा शाखामा पहिचान भएका शंकास्पद कारोबार तथा गतिविधिको गोपनियता कायम हुने गरी अविलम्ब कार्यान्वयन अधिकारीसमक्ष उपलब्ध गराउने व्यवस्था, सम्पत्ति तथा कोष रोक्काका लागि गर्नुपर्ने कार्यहरु सम्पन्न गर्ने पद्धति, परिपालना परीक्षकबाट सम्परीक्षण गराउने व्यवस्था, संस्थागत जोखिम मूल्यांकनको वार्षिक रुपमा स्वतन्त्र तेस्रो पक्षबाट समीक्षा गर्ने व्यवस्था, सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य तथा आमविनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारण सम्बन्धी बीमा क्षेत्रको रणनीति तथा कार्ययोजनामा कार्यान्वयन गर्ने पद्धति, पुँजी, कारोबार र जोखिमको आधारमा वास्तविक धनी पहिचान गर्ने व्यवस्था, उच्च पदस्थ व्यक्ति तथा सूचीकृत व्यक्तिको स्क्रिनिङ गर्ने व्यवस्था, पालना तथा ग्राहकसँग हिताधिकारीको सम्बन्ध सम्बन्धी व्यवस्था, खास कारोबारका सम्बन्धमा शंकास्पद कारोबार पहिचान गर्ने प्रणाली तथा बीमकको सञ्चालक, आधारभूत शेयरधनी र बीमकको प्रमुख कार्यकारी अधिकृत तथा कर्मचारीको उपयुक्तताको परीक्षण गर्ने पद्धति पनि समेट्नुपर्नेछ।

यसैगरी नीति तथा कार्यविधि बनाउन बीमितले बीमकको सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृतसँग गर्ने कार्यसम्पादन सम्झौतामा सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी प्रचलित कानुनको पालना गर्ने–गराउने व्यवस्था, प्रमुख कार्यकारी अधिकृतले कार्यान्वयन अधिकारीसँग कार्यसम्पादन सम्झौता गर्ने, कार्यान्वयन अधिकारीले बीमकका विभाग वा शाखासँग विवरण उपलब्ध गराउने सम्बन्धमा सम्झौता गर्ने र विभाग वा शाखाले समेत बीमा मध्यस्थकर्ता तथा अन्य बीमा सेवा प्रदायकसँग आफ्नो ग्राहकको विवरण (केवाईसी) सम्पुष्टि गर्ने कागजात बारे सम्झौता गर्ने व्यवस्था, सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी संस्थागत क्षमता अभिवृद्धि गर्ने व्यवस्था, आतंककारी कार्य तथा आम विनाशकारी हातहतियारको निर्माण तथा विस्तारमा वित्तीय लगानी नियन्त्रण सम्बन्धी व्यवस्था, पालना हुने गरी सरलीकृत ग्राहक पहिचानको विधि अपनाउने पद्धति, ग्राहक पहिचान विवरण तथा बीमाशुल्क भुक्तानी गर्ने आर्थिक हैसियत पुष्टि हुने गरी पेश गर्नु पर्ने आम्दानीको श्रोत बारेको मापदण्ड र ऐन, नियमावली र यो निर्देशन पालना गर्न अन्य आवश्यक विषय पनि समावेश गर्नुपर्नेछ।

नीति तथा कार्यविधिलाई प्रचलित कानुनमा भएको परिवर्तन, जोखिम मूल्यांकन, व्यवसाय र प्रविधिमा भएको परिवर्तन, कसुर गर्ने तरिका र प्रवृत्तिमा आएको परिवर्तनसमेतका आधारमा वार्षिक रुपमा कम्तीमा एकपटक आवश्यक संशोधन गरी बीमकले अद्यावधिक गर्नुपर्ने व्यवस्था निर्देशनमा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS