IME Life New
GBIME

आजबाट प्रभु सिस्टमेटिक इन्भेस्टमेन्ट स्किमका इकाइहरु बिक्री खुला

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु सिस्टमेटिक इन्भेस्टमेन्ट स्किमको इकाइमा आज जेठ २३ गतेदेखि आवेदन दिन सकिनेछ । नेपाल धितोपत्र बोर्डले प्रभु म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने यस योजनाका ४० करोड रुपैयाँबराबरको इकाइ बिक्री खुला गर्ने अनुमति दिएको छ। जसअन्तर्गत १० रुपैयाँ अंकित दरका कुल ४ करोड इकाइ जारी गरिने भएको हो।

कुल इकाइमध्ये ७।५ प्रतिशतले हुन आउने ३० लाख इकाइ कोष प्रवर्द्धक संस्था प्रभु बैंक र ७।५ प्रतिशतले हुन आउने ३० लाख इकाइ योजना व्यवस्थापक प्रभु क्यापिटललाई सुरक्षित राखिएको छ। प्रथमपटक सर्वसाधारणमा २ करोड ५० लाख इकाइ बिक्री गरिनेछ।

Crest

लगानीकर्ताले न्यूनतम १०० इकाइ र अधिकतममा ३१ लाख इकाइका लागि आवेदन दिन सक्नेछन् । यो खुलामुखी योजनाको निष्कासन बन्द छिटोमा जेठ २७ गते हुनेछ। यो अवधिभित्र सम्पूर्ण इकाइ बिक्री नभएको खण्डमा निष्कासन अवधि असार ६ गतेसम्म लम्बिन सक्छ।

म्युचुअल फण्ड निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था इक्रा नेपालले कोष प्रबर्धकलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी माइनस प्रदान गरेको छ भने योजना व्यवस्थापकलाई केयर रेटिङ्ग नेपालले केयर एनपी एएमसी क्वालिटि ३ प्लस रेटिङ्ग प्रदान गरेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट आस्वा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरुबाट आवेदन दिन सक्नेछन्। सीडीएससीको मेरो शेयरबाट पनि खरिद आवेदन दिन सकिनेछ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS