काठमाडौं । आज नेप्से परिसूचक ५०.४४ अंकले बढेर २६५०.६६ को विन्दुमा कायम भएको छ । आज २१५ कम्पनीको शेयर मूल्य बढेको छ भने ३७ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै झापा इनर्जीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । सागर डिष्टिलरीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । बन्दीपुर केबलकार र स्वस्तिक लघुवित्तका लगानीकर्ताले पनि ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् ।


















