IME Life New

फोनपेद्वारा साझेदार बैंकसँगको सहकार्यमा नयाँ फोनपे क्रेडिट कार्ड प्रयोगकर्तालाई क्यासब्याक घोषणा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । फोनपेले आफ्ना साझेदार बैंकहरू सिटिजन्स इन्टरनेशनल बैंक, एभरेष्ट बैंक, महालक्ष्मी विकास बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, गरिमा विकास बैंक, र शाइन रेसुङ्गा विकास बैंकसँग सहकार्यमा नयाँ फोनपे क्रेडिट कार्ड प्रयोगकर्ताहरूका लागि विशेष क्यासब्याक अभियान घोषणा गरेको छ ।

यस अन्तर्गत, नयाँ प्रयोगकर्ताले फोनपे क्रेडिट कार्ड प्रयोग गरेर गरिएको कारोबारमा ५० सम्म, अधिकतम ५०० रुपैयाँ क्यासब्याक प्राप्त गर्नेछन् । यो अभियान भदौ ११, २०८२ देखि सुरु भएको छ । जसको उद्देश्य थप ग्राहकहरूलाई फोनपे क्रेडिट कार्डमार्फत स्मार्ट र लाभदायक भुक्तानी अनुभव गराउन प्रोत्साहित गर्नु हो ।

Crest

गत वर्षको सुरुवातदेखि नै, फोनपे क्रेडिट कार्डले परम्परागत क्रेडिट कार्डका फाइदालाई डिजिटल नवप्रवर्तनसँग जोडेर नेपाली उपभोक्ताको क्रेडिट अनुभवलाई रूपान्तरण गरेको छ । केवल एक वर्षभित्रै, यस कार्डको प्रयोगकर्ता संख्या १२ हजार नाघिसकेको छ, जसले उपभोक्ताहरूको विश्वास र अपनत्वलाई स्पष्ट गर्छ ।

साझेदार बैंकहरूको मोबाइल बैंकिङ एपमार्फत सेकेन्डमै जारी हुने यस कार्डले फारम भर्ने झन्झट वा पर्खाइ समयलाई समाप्त गरिदिन्छ, जसले प्रयोगकर्तालाई तुरुन्त कारोबार गर्न सक्षम बनाउँछ । कार्ड सक्रिय गरेपछि, ग्राहकहरूले नेपालभरका १७ लाखभन्दा बढी फोनपे व्यापारीहरूमा स्क्यान गरेर भुक्तानी गर्न सक्छन्, जसले यसलाई नेपालको सबैभन्दा धेरै स्वीकार हुने क्रेडिट कार्ड बनाएको छ ।

यस अभियानमार्फत, फोनपेले फेरि एकपटक सबैका लागि भुक्तानीलाई स्मार्ट, सजिलो र सुरक्षित बनाउन आफ्नो प्रतिबद्धता देखाएको छ। परम्परागत क्रेडिट कार्डका फाइदा र डिजिटल भुक्तानीको गति तथा सजिलोपनलाई जोडेर, फोनपे क्रेडिट कार्डले नेपालको वित्तीय प्रणालीमा नयाँ स्तर स्थापना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS