IME Life New

भारतीय मेट्रोमा सपिङ सेन्टर चलाइ रहेको फिनिक्स मिल्सले पायो पहिलो महामारी बीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । फिनिक्स मिल्स लिमिटेड भारतको पहिलो कम्पनी बनेको छ जसले न्यू इण्डिया एस्योरेन्सद्वारा शुरू गरिएको र म्युनिख रिद्वारा पुनर्बीमा गरिएको प्यारामेट्रिक बीमालेख मार्फत महामारीसँग सम्बन्धित व्यवसायिक अवरोधहरूको लागि जोखिम बहनको सुविधा प्राप्त गरेको छ।

ग्यालाघर इन्स्योरेन्स ब्रोकर्सद्वारा विकसित यो बीमालेखले भारतभरका फिनिक्स मिल्सका मल, होटल र कार्यालयहरूलाई महामारीका घटनाहरूबाट हुने अाय नोक्सानी र अतिरिक्त खर्चहरू विरूद्ध सुरक्षा प्रदान गर्नेछ। यो बीमा सुविधाले द्रूत दाबी भुक्तानीका लागि पूर्वनिर्धारित सूचक र शर्तहरूमा आधारित रहेर दाबी भुक्तानी दिलाउनेछ।

Esewa
Crest

यो पहलले भारतमा निर्जीवन व्यापार अवरोध जोखिम बहनको अभ्यास विकास गर्न कोसेढुङ्गा हुने विश्वास फिनिक्स मिल्सको छ।

यो नयाँ सम्झाैताको घोषणा मुम्बईको जियो वर्ल्ड कन्भेन्सन सेन्टरमा तीनै कम्पनीका वरिष्ठ अधिकारीहरूको उपस्थितिमा गरिएको थियो।

फिनिक्स मिल्स लिमिटेड भारतको ठूला शहरहरूमा फिनिक्स मल ब्राण्डमा सुपरस्टोर र सपिङ मल सञ्जाल सञ्चालन गर्ने व्यवसायीक प्रतिष्ठान् हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS