IME Life New

ओरियन्टल होटल्सले डाक्यो साधारणसभा, हकप्रद शेयर मुख्य अजेन्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ओरियन्टल होटल्सले आफ्नो २८ औँ वार्षिक साधारणसभा डाकेको छ।

होटल्स सञ्चालक समितिको आइतबार बसेको बैठकले आउँदो असोज ३१ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बिहान ११ बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले हाल कायम कम्पनीको चुक्तापुँजी १ अर्ब १८ करोड ४४ लाख ९४ हजार ९६० रुपैयाँ १ः०.२६६३ अनुपातमा अर्थात २६.६३ प्रतिशतले हुन आउने ३१ करोड ५५ लाख ५ हजार ४० रुपैयाँबराबरको हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

हकप्रद शेयर जारी गर्न नियमनकारी निकायहरु नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, कम्पनी रजिस्ट्रारको कार्यालयमा गर्नुपर्ने आवश्यक कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

सभाले सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ६ जना सञ्चालकको निर्वाचन गर्नेछ भने १ जना स्वतन्त्र सञ्चालक नियुक्त गर्नेछ।

सभाले गत आर्थिक वर्ष २०८१।८२ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष २०८२।८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ।

साधारणसभा प्रयोजनार्थ कम्पनीले असोज २ गतेदेखि असोज ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असोज १ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको सभामा भाग लिन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS