IME Life New

उच्च पदस्थको ‘केवाइसी अपडेट’ गर्ने अवधि ४ महिना मात्र बाँकी, बीमकसँग छैन सूचना संयन्त्र

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले गत भदाैमा सम्पत्ति शुद्धीकरण,आतङ्ककारी कार्यतथा आम विनाशकारी हातहतियार निर्माण तथा विस्तारमा हुने वित्तीय लगानी निवारण सम्बन्धि निर्देशन २०८२ जारी गर्दै उच्च पदस्थ ग्राहक(बीमित)को पहिचान ६ महिनाभित्र अध्यावधिक गरिसक्न बीमकलाइ निर्देशन जारी गर्‍यो।

गत भदाै ४ गते जारी गरिएको यो निर्देशनको प्रावधान अनुसार, सबै बीमकले उच्च पदस्थ बीमितको पहिचान आगामी फागुन ३ गतेभित्रमा अध्यावधिक गरिसक्नुपर्छ। प्राधिकरणले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन,२०६४ को प्रावधान कार्यान्वयनका लागि निर्देशिका जारी गरेको हो।

Crest

प्राधिकरणले निर्देशिका मात्र पहिचान अध्यावधिक गर्न निर्देशन जारी गरेपनि बीमक(खासगरी जीवन बीमक) सँग बीमित ग्राहकको जोखिममा आधारित वर्गिकरण गर्ने संयन्त्र नै छैन। अधिकांश बीमकले सार्वजनिकरूपमा उपलब्ध सूचनाका आधारमा आफ्नो तथ्याङ्क(डाटा बेस) मा खोजी गरेर पहिचान अध्यावधिक गर्ने बाहेकको विकल्प छैन।

निर्देशिकामा पहिलो पटकको लागि ६ महिनामा सबै उच्च पदस्थ ग्राहकको राष्ट्रिय परिचय पत्रको विवरण प्राप्त गरी ग्राहक पहिचान अध्यावधिक गर्नुपर्ने प्रावधान राखिएको छ। बीमकले ग्राहक विवरणको विश्लेषण गरेर राष्ट्रिय परिचय पत्रको आधारमा विवरण अध्यावधिक गर्ने काम शुरू गर्न सकेका छैनन् ।

पुराना बीमालेखहरूको हकमा बीमित ग्राहक उच्च पदस्थ भए नभएको विवरण नै जीवन बीमकको सफ्टवेयरमा उपलब्ध छैन। यसबाहेक बीमा गर्दाको अवस्थामा सामान्य जागिरे वा व्यापारीको हैसियतमा रहेको व्यक्ति ५ देखि १५ वर्षको अवधिभित्र राजनीतिक वा उच्च सरकारी पदमा नियुक्त भइसकेको हुनसक्छ। यस्तो अवस्थामा पनि बीमक सम्बन्धित बीमित व्यक्तिको बदलिएको पहिचानसँग अध्यावधिक हुन सकेको छैन।

बैंक तथा वित्तीय संस्थाहरूले जस्तो उच्च पदस्थ व्यक्ति पहिचान गर्ने संयन्त्रको प्रयोग अझैसम्म पनि सीमित संख्याका बाहेक अन्य बीमकले गर्न सकेका छैनन् । जीवन बीमक संघले सूचना आदान प्रदानका लागि नेपाल बैंकर्स एशोसिएसनसँग समझदारी पत्रमा हस्ताक्षर गरेपनि पूर्णरूपमा कार्यान्वयन भएको छैन।

बीमकले ऐनको दफा ७ ख बमोजिम उच्च पदस्थ व्यक्तिको पहिचान यकीन गर्न बीमालेख जारी गर्दा, बीमालेख धितो राखी ऋण दिंदा, बीमालेख समर्पण गर्दा वा बीमालेख अन्तर्गत अन्य कुनै पनि प्रकारले भुक्तानी गर्दा  उच्च पदस्थ व्यक्ति पहिचान हुनसक्ने संयन्त्र विकास गर्नुपर्ने प्रावधान निर्देशिकामा छ। यसका लागि अधिकांश बीमकको तयारी छैन।

उच्च पदस्थ व्यक्ति फेर बदल वा थपघट भएको अवस्थामा तत्काल पहिचान हुनसक्ने संयन्त्र, उच्च पदस्थ व्यक्ति वा निजको परिवार तथा सम्बद्ध व्यक्ति पहिचान हुनसक्ने संयन्त्र र उच्च पदस्थ व्यक्तिको पदीय हैसियत र संलग्नता बमोजिमकाे जोखिम पहिचान हुने व्यवस्था बीमकले गर्नुपर्छ।

उच्च पदस्थ व्यक्तिको पहिचान गर्दा निम्न लिखित प्रकृया अवलम्बन गर्नुपर्छः

क) ग्राहकबाट सूचना लिने वा स्वघोषणा गर्न लगाउने,
ख) सार्वजनिकरूपमा उपलब्ध सूचनाबाट जानकारीरी प्राप्त गर्न,
ग) सामाजिक सञ्जालमा उपलब्ध सूचनाको विश्लेषण गरी जानकारी लिने,
घ) व्यवसायीकरूपमा उपलब्ध तथ्याङ्कबाट वा अन्य उपयुक्त आधारबाट जानकारी लिने,
ङ) प्रचलित कानून बमोजिम कुनै जानकारी राखिएको कुनै अभिलेखबाट सूचना लिने र
च) बीमक आफैंले वा नेपाल सरकार वा तोकिएका आधिकारिक श्रोत,संस्था वा निकायमा उपलब्ध विवरण वा सचूीका आधारमा बीमकले वार्षिकरूपमा सूची अध्यावधिक गर्ने।

कुनै पनि बीमा कम्पनीले उच्च पदस्थ व्यक्ति वा निजको परिवार तथा सम्बद्ध व्यक्तिको सूचीको अभिखले सम्बन्धित व्यक्ति अवकाश भएको, निजको बीमा अवधि समाप्त भएको अवस्थामा निजको बीमा सम्बन्धि अभिलेख कारोबार समाप्त भएको मिमिले दश वर्षसम्म सुरक्षित राख्नुपर्छ।

जीवन बीमकको तुलनामा निर्जीवन बीमकलाई सहजः

निर्जीवन बीमालेख छोटो अवधि(अधिकत्तम १ वर्षे)का लागि जारी गरिने भएकाले जीवन बीमकको तुलनामा ग्राहक विवरण अध्यावधिक गर्ने काम जीवन बीमकको भन्दा छरितो र व्यवस्थित हुने गरेको छ। निर्जीवन बीमकसँग अधिकांश ग्राहक संस्थागत ग्राहक भएकाले संस्थागत ग्राहक र सम्बद्ध व्यक्तिको विवरण अध्यावधिक गर्न सहज हुन्छ। जीवन बीमकको तुलनामा निर्जीवन बीमकको ग्राहक संख्या सीमित हुन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS