काठमाडौं । कास्कीको पोखरामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट एक बृद्धाको मृत्यु भएको छ। कोरोना संक्रमणबाट ७४ वर्षीया बृद्धाको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको हो ।
ती बृद्धा ८ दिन अघि कोरोना संक्रमित पुष्टि भएपछि उपचाररत थिइन्। हाल गण्डकी प्रदेशमा ८ जना कोरोना संक्रमित उपचाररत रहेका छन्। तीमध्ये कास्कीमा ५ जना, बागलुङमा २ जना र स्याङ्जामा १ जना रहेका छन्।

















