काठमाडौं । शेयर बजार साताको पहिलो कारोबार दिन आइतबार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक ११.५२ अंकले घटेर २७०८.२५ को विन्दुमा झरेको हो।
यो दिन नेप्से उपसमूहमा रहेका ३ वटा समूह बढेका छन् भने १० वटा घटेका छन्। आज म्युचुअल फन्ड समूह सर्वाधिक ०.४३ प्रतिशतले बढ्दा जलविद्युत समूह सर्वाधिक ०.६८ प्रतिशतले घटेको छ।
आज बजारमा ७९ कम्पनीको शेयरभाउ बढेको छ। यो दिन १७३ कम्पनीको शेयरभाउ घटेको छ।
बजारमा आज ४ अर्ब ४० करोड २७ लाख रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार युनियन हाइड्रोपावरको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- युनियन हाइड्रोपावरः २९ करोड ९९ लाख रुपैयाँ
- नेपाल पुनर्बीमा कम्पनीः २७ कोड ४६ लाख रुपैयाँ
- एभरेष्ट बैंकः २२ करोड १५ लाख रुपैयाँ
- हिमालयन डिस्टिलरीः १६ करोड ५ लाख रुपैयाँ
- युनिभर्सल पावरः १३ करोड १ लाख रुपैयाँ
- हिमालयन रिइन्स्योरेन्सः १३ करोड रुपैयाँ
- एनआरएन इन्फ्रास्ट्रक्चरः १० करोड ३२ लाख रुपैयाँ
- लक्ष्मी सनराइज बैंकः ९ करोड ६८ लाख रुपैयाँ
- राधी विद्युतः ८ करोड ७९ लाख रुपैयाँ
- बुटवल पावरः ८ करोड २० लाख रुपैयाँ

















