काठमाडौं । सोमबार नेप्से परिसूचक २७६१.८६ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक १२.०३ अंकले बढेको छ।५ अर्ब १० करोड कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ । ब्रोकर नम्बर ५८ बाट ९२ करोडको कारोबार भएको छ जसमा ४६ करोड ९२ लाखको खरिद भएको छ भने ४५ करोड ७ लाखको विक्री भएको छ ।
त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ४५ बाट ४४ करोड ६८ लाखको खरिद भएको छ भने ३८ करोड ७६ लाखको विक्री भएको छ । आज कारोबार गर्ने शिर्ष ५ ब्रोकरमध्ये ४ ब्रोकरले खरिद धेरै गरेका छन् ।


















