IME Life New

ओम मेगाश्री फर्मास्युटिकल्सले डाक्यो साधारण सभा, के-के छन् एजेन्डा ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्सले ९ औँ वार्षिक साधारण सभा असार ६ गते गर्ने भएको छ । सभा भरतपुर महानगरपालिका २९ जुगेडी चितवनमा विहान ११ बजे गर्ने जनाएको छ । कम्पनीको जेठ ६ गते बसेको सञ्चालक समितिको बैठकले सभाको मिति तय गरेको हो ।

वार्षिक साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन प्रस्तुत गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित कम्पनीको आर्थिक वर्ष २०८०/०८१ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरूसहितको वित्तीय विवरण उपर छलफल गरी पारित गर्नेछ ।

Crest

सभाले कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम कम्पनीको आर्थिक वर्ष २०८१/०८२ को लागि बाह्य लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक समिति गठन गर्ने, प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले सञ्चालकको पारिश्रमिक, बैठक भत्ता र अन्य सुविधा निर्धारण गर्ने, वार्षिक साधारण सभाले गरेको संशोधनको सम्बन्धमा नियामक निकायबाट कुनै संशोधन वा हेरफेर गर्न निर्देशन दिएको खण्डमा सोबमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, सर्वसाधारण समूहबाट २ जना सञ्चालक निर्वाचन गर्ने लगायतका विविध प्रस्ताव पारित गनेर््छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS