काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टले आयु मलुन खोला जलविद्युत आयोजनामा लगानी गर्ने निर्णय गरेको छ।
कम्पनी सञ्चालक समितिको बैठकले उक्त हाइड्रोपावरको १० लाख कित्ता संस्थापक शेयर किन्ने निर्णय गरेको हो। प्रतिकित्ता १०० रुपैयाँ लगानी गरिने कम्पनीले जनाएको छ।
यो हाइड्रोपावर २१ मेगावाटको हो। यो हाल ओखलढुंगाको मोलुङ गाउँपालिकामा निर्माणाधीन रहेको छ।
यो हाइड्रोपावरको प्रवर्द्धक कम्पनी आयु मोलुङ हाइड्रोपावर रहेको छ।












