काठमाडौं । अब विदेशी पुनर्बीमा ब्रोकरले सूचीकरण नम्बर प्राप्त भएको १ वर्षभित्र नेपालमा कार्यालय स्थापना गर्नुपर्ने भएको छ।
नेपाल बीमा प्राधिकरणले बीमकको पुनर्बीमा निर्देशिक, २०८० मा चौथो संशोधन गर्दै यस्तो समयसीमा तोकिदिएको छ। संशोधिन व्यवस्थाअनुसार विदेशी पुनबीमा दलाल (ब्रोकर)ले प्राधिकरणबाट सूचीकरण नम्बर प्राप्त गरेको १ वर्षभित्र शाखा वा सम्पर्क कार्यालय वा संयुक्त लगानीमा कार्यालय स्थापना गरिसक्नुपर्नेछ।
यसअघि विदेशी पुनर्बीमा दलालले प्रतिनिधिमात्र खटाएर कारोबार गर्दै आएका थिए। यही बेथितीलाई तोड्न प्राधिकरणले १ वर्षको समयसीमा तोकिदिएको हो।
यसैगरी स्वदेशी पुनर्बीमक, स्वदेशी पुनर्बीमा दलाल र सूचीकरण नम्बर प्राप्त गरेका विदेशी पुनर्बीमक तथा पुनर्बीमा दलालसँग बीमा कारोबार गर्नुपर्ने व्यवस्था पनि प्राधिकरणले गरेको छ।












