काठमाडौं । नेप्से परिसूचक आइतबार २५६६.०९ विन्दुमा पुगेर बन्द भएको छ। यस दिन परिसूचक ३०.०२ अंकले घटेको छ।
बजारमा ४ अर्ब ९० करोड रुपैयाँको कारोबार भएको दिन ब्रोकर नम्बर ५५ बाट सर्वाधिक रकमको कारोबार भएको छ। यो ब्रोकरबाट ७९ करोड ९ लाख रुपैयाँको कारोबार भएको छ। जसमा ४४ करोड ५६ लाख रुपैयाँको खरिद र ३४ करोड ५२ लाख रुपैयाँको बिक्री छ।
त्यस्तै दोस्रोमा ब्रोकर नम्बर ५८ बाट २० करोड ६ लाख रुपैयाँको खरिद भएको छ भने ३३ करोड ८८ लाख रुपैयाँको बिक्री भएको छ।
आज कारोबार गर्ने शीर्ष ५ ब्रोकरमध्ये २ ब्रोकरले खरिद धेरै गरेका छन् भने ३ ब्रोकरले बिक्री धेरै गरेका छन्।


















