IME Life New

निर्जीवन बीमकको करिब ११% ले बढ्यो व्यापार, कसको बिजनेस ग्रोथ कस्तो ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । निर्जीवन बीमकहरुले चालु आर्थिक वर्ष २०८२।८३ को प्रथम त्रैमास (साउन–असोज)सम्म १२ अर्ब ६५ करोड रुपैयाँ बढीको व्यापार गर्न सफल भएका छन्।

नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको असोजसम्म १४ वटा निर्जीवन बीमकले ६ लाख ८८ हजार ९८२ वटा बीमालेख जारी गरेर १२ अर्ब ६५ करोड ६४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्। अघिल्लो वर्ष २०८१।८३ को असोजसम्ममा कम्पनीहरुले ६ लाख ६८ हजार १४० वटा बीमालेख जारी गरेर ११ अर्ब ३८ करोड ७९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीहरुको व्यापार ११.१४ प्रतिशतले बढेको छ।

Crest

अघिल्लो वर्षको तुलनामा चालु वर्षको असोजसम्म १२ वटा बीमकको व्यापार बढेको छ भने २ वटा बीमकको घटेको छ। सगरमाथा लुम्बिनी इन्स्योरेन्सले सर्वाधिक व्यापार भित्र्याएको छ भने व्यापार वृद्धिको हिसाबले एनएलजी इन्स्योरेन्स अगाडि रहेको छ।

चालु आर्थिक वर्षको असोजसम्म सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १ अर्ब ४९ करोड ८३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष असोजसम्म कम्पनीले १ अर्ब ४३ करोड ६३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको व्यापार ४.३२ प्रतिशतले बढेको छ।

शिखर इन्स्योरेन्स दोस्रो धेरै व्यापार भित्र्याउने कम्पनी बनेको छ। समीक्षा अवधिसम्म कम्पनीले १ अर्ब ३८ करोड ४६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले १ अर्ब १२ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको व्यापार २३.६२ प्रतिशतले बढेको छ।

त्यस्तै तेस्रो धेरै व्यापार भित्र्याउनेमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ। चालु वर्षको असोजसम्म यो कम्पनीले १ अर्ब २२ करोड ४३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष असोजसम्म कम्पनीले १ अर्ब १७ करोड १९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको व्यापार ४.४७ प्रतिशतले घटेको छ।

यसैगरी चालु वर्षको असोजमा हिमालयन एभरेस्ट इन्स्योरेन्सले १ अर्ब १९ करोड ६६ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले १ अर्ब २ करोड ५६ लाख रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ९९ करोड ६ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले ९२ करोड ८३ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सले ८८ करोड २९ लाख रुपैयाँ र ओरिएन्टल इन्स्योरेन्सले ७८ करोड ८५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म हिमालयन एभरेस्ट इन्स्योरेन्सको ३०.२४ प्रतिशत, एनएलजी इन्स्योरेन्सको ३६.३५ प्रतिशत, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ९.९६ प्रतिशत, नेको इन्स्योरेन्सको ३.४३ प्रतिशत, युनाइटेड अजोडको २९.८२ प्रतिशतले व्यापार बढ्दा ओरिएन्टल इन्स्योरेन्सको ५.८७ प्रतिशतले घटेको छ।

चालु आर्थिक वर्षको असोजसम्म नेपाल इन्स्योरेन्सले ७० करोड ६२ लाख रुपैयाँ, सानिमा जीआईसी इन्स्योरेन्सले ६८ करोड १८ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले ५० करोड ५६ लाख रुपैयाँ, नेसनल इन्स्योरेन्सले ४२ करोड ८४ लाख रुपैयाँ र राष्ट्रिय बीमा कम्पनीले ४१ करोड ४१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म नेपाल इन्स्योरेन्सको १४.९२ प्रतिशत, सानिमा जीआईसी इन्स्योरेन्सको १५.७७ प्रतिशत, प्रभु इन्स्योरेन्सको ५.९५ प्रतिशत र नेसनल इन्स्योरेन्सको २.६० प्रतिशत व्यापार बढ्दा राष्ट्रिय बीमा कम्पनीको २७.८४ प्रतिशतले घटेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS