IME Life New

भारतको पश्चिम बंगालमा फैलिरहेको निपा भाइरसले नेपाल पनि उच्च जोखिममा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।  छिमेकी मुलुक भारतको पश्चिम बंगालमा हालै घातक निपा भाइरसका संक्रमितहरू भेटिएपछि नेपालमा पनि उच्च सतर्कता अपनाउन थालिएको छ। पश्चिम बंगालको कोलकातामा स्वास्थ्यकर्मीहरूमा समेत यो संक्रमण देखिएपछि नेपालको कोशी प्रदेश लगायतका सीमा क्षेत्रमा अलर्ट जारी गरिएको छ।

निपा भाइरस एउटा जुनोटिक अर्थात् जनावरबाट मानिसमा सर्ने भाइरस हो। यो मुख्यतया फ्रुट ब्याट (फलफूल खाने चमेरो) र सुँगुरबाट मानिसमा सर्छ। विश्व स्वास्थ्य संगठनका अनुसार यो भाइरस निकै घातक छ, जसको मृत्युदर ४० देखि ७५ प्रतिशत सम्म रहने गरेको छ।

Esewa
Crest

एशियामा निपा भाइरसको इतिहास निकै डरलाग्दो छ। मलेसिया र सिंगापुरमा सन् १९९८ मा पहिलोपटक यो भाइरस देखिएको थियो। भारतमा विशेषगरी केरला र पश्चिम बंगालमा पटक पटक यसको संक्रमण देखिँदै आएको छ। बंगलादेशमा हरेक वर्षजसो यसको फाट्टफुट्ट केसहरू देखिने गर्छन्।

अर्को एशियाली मुलुक, थाइल्याण्डमा अहिलेसम्म मानिसमा संक्रमण पुष्टि नभए पनि त्यहाँका चमेराहरूमा निपा भाइरसका जीवाणु भेटिएका छन्, जसले गर्दा त्यहाँ पनि जोखिम उच्च मानिएको छ।

नेपाल र भारतबीचको खुला सिमाना र पश्चिम बंगालसँगको निकटताका कारण नेपालमा यो भाइरस भित्रिने जोखिम उच्च छ। कोशी प्रदेशका काँकडभिट्टा लगायतका सीमा नाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य डेस्कहरूलाई सक्रिय बनाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शंकास्पद बिरामीको निगरानी र परीक्षणको तयारी तीब्र पारिएको छ।

नेपालीहरूको प्रमुख पर्यटकीय गन्तव्य थाइल्याण्डका विमानस्थलहरूमा पनि अहिले कडा स्वास्थ्य जाँच सुरु गरिएको छ। थाइल्याण्डमा फ्रुट ब्याट हरू धेरै हुने भएकाले त्यहाँ भ्रमणमा जाँदा फलफूल र जनावरको सम्पर्कमा विशेष सावधानी अपनाउन विज्ञहरूले सुझाव दिएका छन्।

रोगका लक्षणहरू

संक्रमण भएको ४ देखि १४ दिनभित्र निम्न लक्षणहरू देखिन थाल्छन् ।
सुरुमा ज्वरो आउने, टाउको दुख्ने र मांसपेशी दुख्ने।

खोकी लाग्ने र सास फेर्न गाह्रो हुने।

गम्भीर अवस्थामा मस्तिष्क सुन्निने, बिरामी अलमल्ल पर्ने,

र २४ देखि ४८ घण्टाभित्र मस्तिष्कले काम गर्न छोडेर शरिर पूर्ण शिथिल हुँदा बिरामी कोमामा जान सक्ने।

सावधानीका उपाय

यसको हालसम्म कुनै निश्चित खोप वा औषधि नभएकाले सावधानी नै उत्तम उपाय हो । फलफूल खाँदा चमेराले टोकेका वा भुइँमा झरेका फलफूल नखानुहोस्। फलफूल खानुअघि राम्ररी पखाल्नुहोस्। बिरामी सुँगुर वा चमेराको सम्पर्कबाट टाढै रहनुहोस्। काँचो ताड़ी(खजुर फलको रूखको रसबाट बनाइने घरेलु मादकपदार्थ) मा चमेराको दिशा पिसाब मिसिएको हुन सक्ने भएकाले यो नपिउनुहोस्।  साबुन पानीले नियमित हात धुने र संक्रमित व्यक्तिको सम्पर्कमा जाँदा मास्क र पन्जाको प्रयोग गर्नुपर्छ।

निपा भाइरस कोभिड जत्तिको छिटो नफैलिए पनि यो धेरै गुणा बढी घातक छ। त्यसैले सीमा क्षेत्रमा आवतजावत गर्दा र फलफूलको उपभोग गर्दा विशेष ध्यान दिनु आवश्यक छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS