IME Life New

नेप्सेका नवनियुक्त सीईओ चापागाइँले सम्हाले कार्यभार, गरे यस्ता प्रतिबद्धता

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) चूडामणि चापागाइँले मंगलबारबाट कार्यभार सम्हालेका छन्।

मन्त्रिपरिषदको सोमबार साँझ बसेको बैठकले नेप्सेको सीईओमा चापागाइँलाई नियुक्त गर्ने निर्णय गरेको थियो। अर्थ मन्त्रालयमा आज नवनियुक्त सीईओ चापागाइँलाई राजस्वसचिव दिनेशकुमार घिमिरेले नियुक्तिपत्र दिएका थिए।

Crest

नियुक्तिपत्र पाएसँगै चापागाइँ नेप्सेमा पुगेर पदभार ग्रहण गरेका हुन्। गत माघ २५ गतेबाट कृष्णबहादुर कार्कीको कार्यकाल सकिएपछि नेप्सेमा सीईओ पद रिक्त थियो। चापागाइँको नियुक्तिसँग नेप्सेले नयाँ सीईओ पाएको हो।

झापाका चापागाइँसँग बैंकिङ र बीमा क्षेत्रमा काम गरेको अनुभव रहेको छ। उनले सानिमा बैंकमा काम गरेका थिए। उनी साबिक सानिमा लाइफ इन्स्योरेन्सका नायब महाप्रबन्धक पनि थिए।

नेप्सेको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नवनियुक्त सीईओ चापागाइँले आफ्नो कार्यकालमा नेप्सेलाई थप प्रविधिमैत्री बनाउँदै लैजाने प्रतिबद्धता गरेका छन्। ‘अहिले सबैतिर डिजिटलाइजेन छ, नेप्सेको प्रविधि पनि त्यहीअनुसार स्तरोन्नति गर्दै लैजानुपर्छ’, उनले भने।

आफूले गरेका काममा नेप्सेको टिमको साथ र सहयोग हुने पनि उनले विश्वास व्यक्त गरे। ‘नेप्सेमा गज्जबको टिम छ, उहाँहरुलाई हौसला दिने वातावरण सिर्जना गर्छु’, उनले भने।

सीईओ चापागाइँले ऐन–कानुनको दायरामा रहेर नेप्सेले गर्नुपर्ने कामकारबाही अगाडि बढाउने बताए। ‘अर्थ मन्त्रालय र नेपाल धितोपत्र बोर्डलाई रिपोर्टिङ गर्दै शेयर बजारमा चलायमान बनाउन हरसम्भव प्रयास गर्नेछु’, उनले भने।

कुनै पनि संस्थामा पारदर्शिता र सुशासन महत्वपूर्ण हुने उल्लेख गर्दै सीईओ चापागाइँले यही कुरा लगानीकर्ताले नियाल्ने गरेको बताए। ‘हामी कति पारदर्शी छौँ भन्ने कुरा लगानीकर्ताहरुले आँकलन गरिरहेका हुन्छन्’, उनले भने, ‘किनकि उनीहरुले बजारमा लगानी गर्ने वातावरण छ कि छैन भन्ने हेरिरहन्छ। त्यसैले बजार सञ्चालक भएकोले नेप्सेलाई थप पारदर्शीमा मेरो जोड हुनेछ।’

नवनियुक्त सीईओ चापागाइँले शेयर बजारबारे जनचेतना अझै फैलाउन आवश्यक रहेको बताए। ‘त्यसका लागि मैले आफ्नो ठाउँबाट काम गर्छु’, उनले भने, ‘जनचेतना बढ्दै जाँदा शेयर बजारको आकार बढ्छ, कारोबार बढ्छ। बजार विस्तारमा टेवा पुग्छ।’

बजार बढ्नु भएको सरकारले पाउने राजस्व पनि बढ्नु रहेको उल्लेख गर्दै चापागाइँले बजारको आकार बढ्दा कम्पनीहरुलाई पुँजी जुटाउन पनि सहज हुने र त्यसले जीडीपीमा पनि राम्रो प्रभाव पार्ने बताए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

82%

खुसी

0%

दु :खी

0%

अचम्मित

9%

उत्साहित

9%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS