काठमाडौं । आज शेयर बजार भारी अंकले बढेको छ । सरकाले आज राष्ट्र बैंकको गभर्नर नियुक्ती गर्ने सम्भावनाले शेयर बजारमा हरियाली छाएको छ । आज शेयर बजार नेप्से परिसूचक ४९ दशलमव ०९ अंकले बढेर २,६७७ दशलमव ४५ को विन्दुमा कायम भएको छ । आज २२९ कम्पनीको शेयर मूल्य बढेको छ भने १५ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज ३१० कम्पनीको १ करोड ६८ लाख ८८ हजार ४५९ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ३१ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै राधि विद्युत कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनकिो ४१ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ३६ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । युनिभर्सल पावरको ३१ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सिन्धु विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । ओम मेगा श्रीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । राप्ती हाइड्रोका लगानीकर्ताले ९ दशलमव ९७ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै बराही हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ७ दशलमव ३९ प्रतिशतका दरले गुमाएका हुन् ।

















