IME Life New
GBIME

नेप्सेमा ३० अंकको बृद्धि, कारोबार रकम करिब साढे ४ अर्ब

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिजो भारी अंकले घटेको बजार आज भने दोहोरो अंकले बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ३० दशलमव ५२ अंकले बढेर २,६४५ को विन्दुमा कायम भएको छ । आज २१० कम्पनीको शेयर मूल्य बढेको छ भने ३३ कम्पनीको मात्रै घटेको छ ।

आज दिनभरिमा ३२६ कम्पनीको ९७ करोड ३९ लाख ७३८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४८ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३२ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सीएचडीसीको १५ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको १२ करोड ९६लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै गार्डियन माइक्रो लाइफका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव २९ प्रतिशतका दरले कमाएका हुन् । पोखरा फाइनान्सका लगानीकर्ताले ७ दशलमव ४७ प्रतिशतका दरले कमाएका छन् । समृद्धि फाइनान्सका लगानीकर्ताले ६ दशलमव ३० प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै अपर हेवाखोला हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ४ दशलमव ९२ प्रतिशतका दरले गुमाएका हुन् ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS