काठमाडौं । नेप्सेमा सामान्य बृद्धि भएको छ । आज शेयर बजार नेप्से परिसूचक १ दशमलव ६० अंकले बढेर २,६९४ को विन्दुमा कायम भएको छ । आज ११५ कम्पनीको शेयर मूल्य बढेको छ भने १३३ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३१४ कम्पनीको २ करोड २० लाख ३१ हजार ८६१ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब २२ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको ८७ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको ६५ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ । युनिभर्सल पावरको ५४ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै ओम मेगाश्री र पियोर इनर्जीका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । न्यादी हाइड्रोपावरका लगानीकर्ताले ८ दशलमव ७२ प्रतिशतका दरले कमाएका छन् । एचआइडीसीएलका लगानीकर्ताले ६ दशलमव ५९ प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै भुगोल इनर्जीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ दशलमव २४ प्रतिशतका दरले गुमाएका हुन् ।

















